कांग्रेसका ‘बाघ’ बाहिरिएपछि काण्ड गरेर एन्फा गुमाएका गणेशले छोरालाई छिराउन चलखेल गरे

काठमाडौं । राप्रपा नेपालका नेता एवम् पूर्वसांसद गणेश थापाले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई आफ्नो कब्जामा राख्ने प्रयास गरेका छन् ।

पूर्वअध्यक्ष समेत रहेका गणेश थापाले एन्फामा भ्रष्टाचार गरेपछि कारबाही परेका थिए । गणेश थापाले आफ्नो हातबाट फत्किएको एन्फामा आफ्नो छोरा गौरव थापालाई छिराएर कब्जा गर्ने प्रयासमा लागिरहेका छन् ।

गौरव थापाले आफ्नो बाबु गणेश थापाको गुमेको एन्फाको वर्चश्व फिर्ता गराउन ठूलै हर्कत गरिरहेका छन् । गौरव थापा र गणेश थापाहरूले पंकज नेम्वाङ र कर्माछिरिङ शेर्पाबीच फाटो ल्याएर एन्फामा छिर्ने प्रयास गरिरहेका छन् ।

नेपाली कांग्रेस निकटका पंकज नेम्वाङ एन्फाको अध्यक्षमा निर्वाचित भएका छन् । असार ७ गते सम्पन्न चुनावमा पंकजले अध्यक्ष पदमा जित्न गणेश थापाको साथ लिएको आरोप छ ।

पंकज नेम्वाङलाई अध्यक्षमा जिताएको कारण आफ्नो छोरा गौरव थापालाई एन्फाको कार्यकारी निर्देशक (सीईओ)मा नियुक्त गर्न गणेश थापाले पंकज नेम्वाङलाई दवाव दिइरहेका छन् ।

गौरव थापालाई सीईओमा नियुक्त गर्ने होभने अध्यक्ष पंकज नेम्वाङको हातबाट एन्फा जानेछ । पंकज नेम्वाङले कुनै पनि काम गर्न सक्ने छैनन् ।

गणेश थापालाई साइजमा ल्याएका कर्माछिरिङ शेर्पा ६ मतले अध्यक्षमा पराजित भएका थिए । गणेश थापालाई टक्कर दिएर साइजमा राख्ने व्यक्ति कर्माछिरिङ शेर्पा मात्रै हुन् । कर्माछिरिङ शेर्पाको छायाँबाट पनि गणेश थापा डराउँछन् ।

एन्फाको विधानमा २१ जनाको कार्यसमिति रहने प्रावधान छ । पंकज नेम्वाङले अध्यक्षमा जिते पनि अहिले आएर अल्पमतमा छन् ।

कर्माछिरिङ शेर्पाले अध्यक्षमा हारेर पंकज नेम्वाङको जितसँगै गणेश थापाले एन्फामा कब्जा जमाउने प्रयास र हत्कण्डाहरू गरिरहेका छन् ।

अध्यक्ष पंकजले महासचिवमा किरण राई, कोषाध्यक्षमा रविन्द्र जोशी र अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुखमा नवीन पाण्डेलाई नियुक्त गरेका छन् ।

नवीन पाण्डेलाई अन्तर्राष्ट्रिय सम्बन्ध विभागको प्रमुख बनाएको गणेश थापालाई मनपरेको छैन । गणेश थापाले यो विषयलाई पैसा लगानी गरेर समाचार लेखाइरहेका छन् । गणेश थापाले एन्फाको अध्यक्षमा पंकज नेम्वाङलाई असफल बनाएर कब्जा गर्न कम्युनिस्ट समर्थक सञ्चारमाध्यमहरूलाई प्रयोग गरिरहेका छन् ।

Published : Monday, 2022 July 25, 7:22 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया