बतासलाई ‘भोल्भो आईसर कमर्सियल भेहिकल’ वेष्ट डिष्ट्रिब्यूटर्सको उपाधि

काठमाडौं । बतास अर्गनाइजेसनले ‘भोल्भो आईसर कमर्सियल भेहिकल’को वेष्ट सर्भिस डिष्ट्रिब्यूवटर्सको उपाधि पाएको छ ।

नेपाली समयअनुसार शनिबार भियतनामको हो चिमुन सहरको वीन लक्जरी ल्याण्डमार्क होटेलमा भएको ‘भोल्भो आईसर कमर्सियल भेहिकल’को अन्तर्राष्ट्रिय डिष्ट्रिब्युटर्स सम्मेलनमा बतास अर्गनाईजेसनको भगिनी कम्पनी ईष्टर्न एजेन्सीलाई सो उपाधि प्रदान गरिएको हो ।

कार्यक्रममा बतास अर्गनाईजेसनका अध्यक्ष आनन्दराज बतास र सञ्चालक सुलभ बतास सहभागी थिए । सो उपाधि अध्यक्ष आनन्दराज बतासले ग्रहण गरेका छन् ।

बतास अर्गनाइजेसनले आईसरका गाडीहरू नेपालमा उल्लेख्य संख्यामा बिक्री गर्दै आएको छ । बतास अर्गनाइजेसन नेपालको ठूलो व्यापारिक कम्पनीमा पर्छ ।

Published : Saturday, 2022 July 16, 7:53 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया