जबरा काठमाडौंबाट पक्राउ
काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)ले ४० वर्षीय अमितशम्शेर जबरालाई पक्राउ गरेको छ ।
बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपालिका–४ विशालनगर बस्ने जबरालाई शुक्रबार पक्राउ गरिएको सीआईबीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
उच्च अदालत पाटनको २०७८ चैत २१ गतेको फैसलाले बैंकिङ कसूर मद्दामा १० दिन कैद र ६६ लाख रुपियाँ जरिवाना ठहर भई फरार रहेका थिए ।
जबरालाई व्यूरोबाट खटिएको प्रहरीले काठमाडौं टुडालदेवीबाट पक्राउ गरेको थियो ।
सिटिजन्स बैंक लिमिटेडमा जबराको नाममा रहेको खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी–जानी पीडितलाई झुक्यानमा पारी दिएको चेकको रकम भुक्तान हुन नसकेको घटनामा अदालतले उक्त फैसला गरेको थियो ।
उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया