सार्वजनिक सवारी साधनको भाडा घट्यो, देउवाले दिए जनतालाई राहत

काठमाडौं । यातायात व्यवस्था विभागले अन्तरप्रदेश सार्वजनिक सवारी साधनको भाडा घटाएको छ ।

इन्धनको मूल्य घटेसँगै विभागले भाडाा घटाएको हो । स्वचालित प्रणालीअनुसार भाडा समायोजन गरिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले जनतलाई राहत दिन इन्धनको भाउ घटाउने निर्णय गरेका थिए ।

इन्धनको मूल्य ५ प्रतिशतभन्दा धेरैले बढेमा वा घटेमा समायोजन हुनेगर्छ ।

डिजेलको मूल्य प्रतिलिटर २९ रुपियाँ घटेको छ । अब यात्रुवाहक सवारीसाधनको भाडा ५.४१ प्रतिशतले घटेको छ ।

पहाडी बाटोमा चल्ने मालवाहक सवारीमा ६.९७ प्रतिशत र तराईको बाटोमा चल्ने मालवाहकमा ७.६८ प्रतिशत घटेको छ ।

एक प्रदेशभित्रै अर्थात् स्थानीय रुटमा भने पुरानै भाडा यथावत रहनेछ ।

पेट्रोलियम पदार्थको मूल्य ५ प्रतिशतभन्दा धेरै घटेमा फेरि स्वचालित प्रणालीअनुसार भाडा घट्नेछ ।

Published : Sunday, 2022 June 26, 3:16 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया