सार्वजनिक सवारी साधनको भाडा घट्यो, देउवाले दिए जनतालाई राहत
काठमाडौं । यातायात व्यवस्था विभागले अन्तरप्रदेश सार्वजनिक सवारी साधनको भाडा घटाएको छ ।
इन्धनको मूल्य घटेसँगै विभागले भाडाा घटाएको हो । स्वचालित प्रणालीअनुसार भाडा समायोजन गरिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले जनतलाई राहत दिन इन्धनको भाउ घटाउने निर्णय गरेका थिए ।
इन्धनको मूल्य ५ प्रतिशतभन्दा धेरैले बढेमा वा घटेमा समायोजन हुनेगर्छ ।
डिजेलको मूल्य प्रतिलिटर २९ रुपियाँ घटेको छ । अब यात्रुवाहक सवारीसाधनको भाडा ५.४१ प्रतिशतले घटेको छ ।
पहाडी बाटोमा चल्ने मालवाहक सवारीमा ६.९७ प्रतिशत र तराईको बाटोमा चल्ने मालवाहकमा ७.६८ प्रतिशत घटेको छ ।
एक प्रदेशभित्रै अर्थात् स्थानीय रुटमा भने पुरानै भाडा यथावत रहनेछ ।
पेट्रोलियम पदार्थको मूल्य ५ प्रतिशतभन्दा धेरै घटेमा फेरि स्वचालित प्रणालीअनुसार भाडा घट्नेछ ।















बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया