बागलुङमा एक महिनामै फरार २० जना मान्छेहरू पक्राउ

काठमाडौं । जिल्ला प्रहरी कार्यालय बागलुङले अदालतबाट विभिन्न समयमा कैद, दण्ड र जरिवाना तोकिएका २० जना फरार अपराधीहरूलाई एक महिनामा पक्राउ गरेको छ ।

स्थानीय तह निर्वाचन पश्चात विभिन्न कसूरमा कैद, दण्ड, जरिवाना तोकिएका २० जना फरार अपराधीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी प्रमुख (एसपी) दयानिधि ज्ञवालीले जानकारी दिएका छन् ।

‘फरार अभियुक्तहरूको कुल ६ वर्ष ११ महिना १९ दिन र कुल जरिवाना रकम रु.५ लाख १२ हजार ४५ रुपियाँ लगत कट्टाको लागि जिल्ला अदालत बागलुङमा पठाइएको छ’, सूचना अधिकारी एवम् प्रहरी नायव उपरीक्षक (डीएसपी) ईन्द्रबहादुर रानाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

पक्राउ पर्नेमा बागलुङ नगरपालिका– १२ का ४० वर्षीय प्रकाश शर्मा रहेका छन् । शर्माले वैदेशिक रोजगार ठगी मुद्दामा १ वर्ष ५ महिना २४ दिन कैद सजाय पाएका छन् ।

बागलुङ नगरपालिका– ३ बस्ने २५ वर्षीय सविन पाइजा लागुऔषध मुद्दामा २ हजार जरिवाना सजाय पाएका छन् ।

तमानखोला गाउँपालिका–२ का ४० वर्षीय जालप्रसाद छन्त्याल हात हतियार मुद्दामा ३ महिना ६ दिन सजाय पाएका छन् ।

बागलुङ नगरपालिका– ४ का १८ वर्षीय सन्दीप चर्माकारविरुद्ध ज्यान मार्ने उद्योग कसुरमा ९ महिना १२ दिन कैद र १५ हजार जरिवाना फैसला भएको छ ।

बागलुङ नगरपालिका– १ बस्ने रामबहादुर रेग्मीलाई जुवा कसुर मुद्दामा ७५ रुपियाँ जरिवाना भएको छ ।

बागलुङ नगरपालिका–१ बस्ने हीराबहादुर पाइजालाई जुवा कसुरमा ७५ रुपियाँ जरिवाना भएको छ ।

जैमिनी नगरपालिका–१० बस्ने ४४ वर्षीय रोमन छन्त्याललाई बैङ्किङ कसुरमा ५ दिन कैद र २ लाख ९५ हजार जरिवाना भएको छ ।

बागलुङ नगरपालिका–८ बस्ने ३८ वर्षीय सुरेन्द्र खड्कालाई वहुविवाहमा २ वर्ष कैद र १० हजार जरिवाना भएको छ ।

ढोरपाटन नगरपालिका–४ बस्ने ३० वर्षीय खगेन्द्र सुनारलाई हातहतियार खरखजना कसुरमा ५९ हजार ५ सय ५० रुपियाँ जरिवाना भएको छ ।

ढोरपाटन नगरपालिका–५ बस्ने ३२ वर्षीय वीरेन्द्र श्रीपालीलाई पशुपंक्षीसम्बन्धि कसुरमा ३ महिना २० दिन कैद भएको छ ।

गल्कोट नगरपालिका–७ बस्ने ३० वर्षीय ईश्वर थापालाई सवारी ज्यानमा २ हजार जरिवाना भएको छ ।

ढोरपाटन नगरपालिका–४ मा २५ वर्षीय लुत्रमान श्रीपालीलाई पशुपंक्षीसम्बन्धि कसुरमा ३ महिना २० दिन कैद भएको छ ।

ताराखोला गाउँपालिका–५ बस्ने ३७ वर्षीय यमबहादुर घर्ती मगरलाई हातहतियार खरखजना कसुरमा ५ महिना १३ दिन कैद र ५ हजार जरिवाना भएको छ ।

ताराखोला गाउँपालिका–५ बस्ने ४४ वर्षीय टेकबहादुर रोकालाई हातहतियार खरखजना कसुर ५ महिना १३ दिन कैद र ५ हजार जरिवाना भएको छ ।

ताराखोला गाउँपालिका–५ बस्ने ५० वर्षीय चित्रराज कंडेललाई हातहतियार खरखजना कसुरमा ५ महिना १३ दिन कैद र ५ हजार जरिवाना भएको छ ।

ताराखोला गाउँपालिका– ५ बस्ने ३८ वर्षीय होमबहादुर रोकालाई हातहतियार खरखजना कसुरमा ५ महिना १३ दिन कैद र ५ हजार जरिवाना भएको छ ।

ताराखोला गाउँपालिका–५ बस्ने ३० वर्षीय खिमानन्द कंडेललाई हातहतियार खरखजना कसुर ५ महिना १३ दिन कैद र ५ हजार जरिवाना भएको छ ।

बागलुङ नगरपालिका–८ बस्ने ३३ वर्षीय सुरेन्द्र घर्ती थापा जिसीलाई सार्वजनिक अपराधमा ४ हजार ४ सय ५० रुपियाँ जरिवाना भएको छ ।

गल्कोट नगरपालिका–८ बस्ने २७ वर्षीय लालबहादुर गलामीलाई चोरी कसुरमा ४३ हजार ८ सय ८१ रुपियाँ जरिवाना भएको छ ।

बागलुङ नगरपालिका–७ बस्ने ३६ वर्षीय राजु मल्ललाई चोरी कसुरमा ६ हजार चार रुपियाँ जरिवाना भएको छ ।

जिल्ला अदालत बागलुङबाट कैद र दण्ड सजाय पाएका उनीहरू फरार रहेका थिए । एसपी ज्ञवालीले फरार रहेका सबैको सूची तयार पारेर धमाधम पक्राउ गरेर अदालतमा बुझाएका छन् ।

स्थानीय तहको निर्वाचन अगाडि पनि फरार अपराधीहरूलाई बागलुङ प्रहरीले पक्राउ गरेर अदालतमा बुझाइ सकेका छ ।

Published : Monday, 2022 June 20, 5:12 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया