पेट्रोल प्रतिलटर १९९ पुग्यो, तेलको भाउ बढ्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि गरेको छ ।

आइतबार निगम सञ्चालक समितिको बैठकले डिजेल तथा मट्टीतेलमा प्रतिलिटर २७ रुपियाँले वृद्धि गरेको विज्ञप्तिमा उल्लेख छ ।

पेट्रोलमा प्रतिलिटर २१ रुपियाँले मूल्य वृद्धि भएको छ । वृद्धि भएको मूल्य आइतबार मध्यरातिदेखि लागू भएको छ ।

प्रतिलिटर पेट्रोलको मूल्य १९९ रुपियाँ पुगेको छ । डिजेल र मट्टीतेल प्रतिलिटर १९२ रुपियाँ भएको छ ।

निगमले हवाई इन्धनमा पनि आन्तरिक तर्फ १९ रुपियाँले वृद्धि गरी १८५ रुपियाँ प्रतिलिटर बनाएको छ ।

हवाई इन्धनको बाह्य उडानतर्फ १०० अमेरिकी डलरले मूल्यवृद्धि भएको छ ।

सरकारले यस पटक धेरै मूल्य वृद्धि गरेको छ । भारतले पठाएको नयाँ मूल्य सूचीअनुसार निगमले मूल्य बढाएको जनाएको छ ।

Published : Sunday, 2022 June 19, 11:39 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया