पर्वतारोहण संघको अध्यक्षमा शेर्पा निर्वाचित

काठमाडौं । नेपाल पर्वतारोहण संघको अध्यक्षमा निमानुरु शेर्पा निर्वाचित भएका छन् ।

शुक्रबार राति सम्पन्न अन्तिम मत परिणामअनुसार शेर्पाले ७३५ मत ल्याएर विजयी भएका हुन् । शेर्पाका निकटतम प्रतिस्पर्धी राजेन्द्रमान श्रेष्ठले १२२ मत ल्याएर पराजित भएका छन् ।

संघको उपाध्यक्षमा ठाकुरराज पाण्डे ४२८ मतसहित निर्वाचित भएका छन् ।

प्रथम उपाध्यक्षमा आङदावा शेर्पा, द्वितीय उपाध्यक्षमा दावा जाङ्बु शेर्पा निर्वाचित भएका छन् ।

महासचिवमा मोहन लम्साल ४८९ मतका साथ विजयी भएका छन् ।

सचिवमा धनबहादुर गुरुङ र कोषाध्यक्षमा मुक्ति पाण्डे निर्वाचित भएका छन् ।

सदस्यहरूमा आङदावा शेर्पा, हिसखद गुरुङ, सिंगी लामा, पिताम्बर गुरुङ, राजेन्द्रबहादुर लामा, रामचन्द्र धमला, नम्ग्याल जाङ्बु शेर्पा, पाशाङदावा शेर्पा र दिनेश तामाङ निर्वाचित भएका छन् ।

संघको २ हजार ४९ सदस्यमध्ये नवीकरण भएका कूल १ हजार २१५ मतदाता थिए ।

अध्यक्षसहित पदाधिकारी र सदस्य गरी २७ सदस्यीय कार्यसमितिका लागि निर्वाचन भएको संघले जनाएको छ ।

Published : Saturday, 2022 June 11, 8:26 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया