पर्वतारोहण संघको अध्यक्षमा शेर्पा निर्वाचित
काठमाडौं । नेपाल पर्वतारोहण संघको अध्यक्षमा निमानुरु शेर्पा निर्वाचित भएका छन् ।
शुक्रबार राति सम्पन्न अन्तिम मत परिणामअनुसार शेर्पाले ७३५ मत ल्याएर विजयी भएका हुन् । शेर्पाका निकटतम प्रतिस्पर्धी राजेन्द्रमान श्रेष्ठले १२२ मत ल्याएर पराजित भएका छन् ।
संघको उपाध्यक्षमा ठाकुरराज पाण्डे ४२८ मतसहित निर्वाचित भएका छन् ।
प्रथम उपाध्यक्षमा आङदावा शेर्पा, द्वितीय उपाध्यक्षमा दावा जाङ्बु शेर्पा निर्वाचित भएका छन् ।
महासचिवमा मोहन लम्साल ४८९ मतका साथ विजयी भएका छन् ।
सचिवमा धनबहादुर गुरुङ र कोषाध्यक्षमा मुक्ति पाण्डे निर्वाचित भएका छन् ।
सदस्यहरूमा आङदावा शेर्पा, हिसखद गुरुङ, सिंगी लामा, पिताम्बर गुरुङ, राजेन्द्रबहादुर लामा, रामचन्द्र धमला, नम्ग्याल जाङ्बु शेर्पा, पाशाङदावा शेर्पा र दिनेश तामाङ निर्वाचित भएका छन् ।
संघको २ हजार ४९ सदस्यमध्ये नवीकरण भएका कूल १ हजार २१५ मतदाता थिए ।
अध्यक्षसहित पदाधिकारी र सदस्य गरी २७ सदस्यीय कार्यसमितिका लागि निर्वाचन भएको संघले जनाएको छ ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया