राजु–करुणको स्वरमा हप्ताकै उत्कृष्ट गीत ‘गुन्द्रुक तिउन’ रिलिज, पाण्डेको निर्देशन

काठमाडौं । गायक राजु परियार र गायिका करुणा राईको स्वरमा ‘गुन्द्रुक तिउन’ बोलको लोक दोहोरी गीत रिलिज भएको छ ।

गीतको म्युजिक भिडियोलाई देवेन्द्र पाण्डेले निर्देशन गरेका छन् । गीतको म्युजिक भिडियो राम्रो बनाउने प्रयास गरिएको पाण्डेले बताएका छन् ।

‘हामी सबैको संयुक्त प्रयासमा गीतको म्युजिक भिडियो राम्रो बनाउने प्रयास गरेका छौँ’, निर्देशक पाण्डेले भने, ‘गीतको शब्द, संगीत र लय सबै निकै राम्रो छ ।’

पछिल्लो समय राम्रा र ओजिला लोक तथा दोहोरी गीतहरू आउन नसकेका बेला गायक परियार र गायिका राईले उत्कृष्ट गीत ल्याएका छन् ।

गायिका राईले पनि गीतबाट निकै सन्तुष्ट रहेको बताएकी छिन् । उनले भनेकी छिन्, ‘गीत राम्रो लागेको छ । दर्शक श्रोताले पनि मनपराइदिनु हुनेछ भन्ने अपेक्षा लिएकी छिन् ।’

गोविन्द पौडेलको शब्द र संगीत रहेको गीतको एरेञ्ज कृष्ण बिकले गरेका छन् ।

म्युजिक भिडियोमा अभिनेता राजेश हमाल, गायिका करुणा राई, गायिका कमला घिमिरे, उदय लो तामाङ र शंकर बराइलीले अभियन गरेका छन् ।

म्युजिक भिडियोलाई ईनाक्षी इन्टरटेनमेन्टको युट्युब च्यानलबाट रिलिज गरिएको छ । ईनाक्षी राम्रो युट्युब च्यानलमा पर्छ ।

Published : Friday, 2022 June 10, 8:30 am

फेसबुकबाट तपाईको प्रतिक्रिया