सन्तोष र शान्तिश्रीको स्वरमा उत्कृष्ट गीत रिलिज, ‘फुर्के मदानी’ले दर्शकको मन जित्न थाल्यो

काठमाडौं । संगीतकार सन्तोष श्रेष्ठ र शान्तिश्री परियारको स्वरमा ‘फुर्के मदानी…’ रिलिज भएको छ ।

युट्युबमा शुक्रबार रिलिज भएको गीतको संगीत श्रेष्ठले दिएका छन् । शब्द चन्दप्रसाइँ ‘परिस्कृत’ले लेखेका छन् ।

लोक लयमा रहेको गीतका शब्दहरू निकै उत्कृष्ट रहेको टिप्पणी भएका छन् । संगीतकार श्रेष्ठले भने, ‘मैले पनि स्वर दिएको छु । शान्तिश्री बहिनीको स्वर निकै उत्कृष्ट छ ।’

संगीतकार श्रेष्ठले निकै कम गीतहरूमा स्वर दिएका छन् ।

गायिका परियारले पनि गीत आफूलाई निकै मन परेको बताएकी छिन् । उनले भनेकी छिन्, ‘गीतको संगीत र शब्द सबै राम्रो छ । यो गीतलाई सबैले मन पराइदिनु हुनेछ भन्ने अपेक्षा लिएको छु ।’

राजु कार्कीको एरेञ्ज रहेको गीतलाई रेकर्डिङ अजयसिंह कार्की र मिक्सिङ प्रकाश मिश्रले गरेका छन् ।

म्युजिक भिडियोमा करिश्मा ढकाल र हरिश निरौलाको अभियन रहेको छ । म्युजिक भिडियोलाई निर्देशन मौसम हिमालीले गरेका छन् ।

Published : Saturday, 2022 June 4, 9:59 am

फेसबुकबाट तपाईको प्रतिक्रिया