खेम सेञ्चुरी–सुनिल क्षेत्रीको उत्कृष्टि गीत र नृत्य, युट्युबको ट्रेण्डिङमा उत्पात मच्चायो

काठमाडौं । गायक खेम सेञ्चुरीले ‘हाँसी हाँसी…’ बोलको लोक दोहोरी गीत रिलिज गरेसँगै युट्युबको ट्रेण्डिङमा प्रवेश गरेको छ ।

गीत रिलिज भएको तेस्रो दिनमा १५औँ नम्बरमा उक्लिन सफल भएको छ । यो गीतले अझै उकालो चढ्ने संकेत देखाएको छ ।

गीतमा सेञ्चुरीलाई गायिका मेलिना राईले स्वरमा साथ दिएकी छिन् । नेत्र अर्यालको शब्द रहेको ‘हाँसी हाँसी…’को म्युजिक पनि सेञ्चुरीले दिएका छन् । गीतको एरेञ्ज कृष्ण बिकको रहेको छ ।

लामो समयपछि लोक दोहोरीको क्षेत्रमा राम्रो गीतले प्रवेश पाएको छ । सेञ्चुरीका अधिकांश गीतहरू राम्रा हुन्छन् । यो गीत पनि राम्रो रहेको टिकाटिप्पणी भएका छन् ।

गीतको म्युजिक भिडियोको निर्देशन सुनिल क्षेत्रीले गरेका छन् । आफै म्युजिक भिडियोमा मोडलिङ गरेका क्षेत्रीको निर्देशन पनि निकै उत्कृष्ट छ । मोडल भावना केसीलाई पनि निर्देशक क्षेत्रीले राम्रो अभिनय र नृत्य गराउन सफल भएका छन् ।

Published : Friday, 2022 June 3, 9:08 am

फेसबुकबाट तपाईको प्रतिक्रिया