कर्मचारी, प्रहरी, सेनालगायतको तलब बढयो, कसको कति पुग्यो ?

काठमाडौं । नेपाली कांग्रेस नेतृत्वको सरकारले निजामती कर्मचारीको तलब १५ प्रतिशतले वृद्धि गरेको छ ।

आइतबार प्रतिनिधि सभाको बैठकमा आर्थिक वर्ष २०७९/८० को बजेट भाषणमा अर्थमन्त्री जनार्दन शर्माले तलब वृद्धिको घोषणा गरेका हुन् ।

शर्माले सेना, प्रहरी, शिक्षकसहित निजामती कर्मचारीको तलब वृद्धिको घोषणा गरेका छन् ।

सरकारले कर्मचारीको महँगी भत्तालाई पनि निरन्तरता दिइएको छ ।

कर्मचारीको पदअनुसार प्रतिवर्ष एक ग्रेडका दरले अधिकतम ८ ग्रेडसम्म सुविधा पाउने व्यवस्था छ ।

तलव वृद्धि भएसँगै नेपाल सरकारका मुख्य सचिवको तलब ७७ हजार २ सय ११ रुपियाँ पुगेको छ ।

सचिवको ७२ हजार ८२, सह–सचिवको ५६ हजार ७ सय ८७, उप–सचिवको ४८ हजार ७ सय ३७, शाखा अधिकृतको ४३ हजार ६ सय ८९ रुपियाँ, नायब सुब्बाको ३४ हजार ७ सय ३०, खरिदारको ३२ हजार ९ सय २ र मुखियाको २७ हजार ६ सय १२ रुपियाँ तलव वृद्धि भएको छ ।

तलबबाहेक मुख्य सचिवदेखि कार्यालय सचिवसम्मका कर्मचारीले महंगी भत्ता बापत एकमुष्ट २ हजार रुपयाँ मासिक भत्ता पाउँछन् । अनि हरेक वर्ष एक ग्रेडका दरले वृद्धि भएको रकम समेत तलबका रुपमा पाउछन् । वर्षको एकपटक पोशाक भत्ता समेत पाउँछन् ।

Published : Sunday, 2022 May 29, 7:25 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया