भरतपुर काण्ड गर्न खोजेपछि टोले गुण्डा ‘राधे’ पक्राउ
धादिङ । प्रहरीले धादिङमा टोले गुण्डा राधाकृष्ण भण्डारी ‘राधे’लाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी प्रवक्ता एवम् डीएसपी जागेश्वर भण्डारीले राधेलाई आइतबार साँझ पक्राउ गरेको जानकारी दिए ।
उनले भने, ‘राधे भनिने राधाकृष्ण भण्डारीलाई पक्राउ गरेका छौँ । पक्राउ गर्नुको कारण अहिले भन्न मिल्दैन ।’
नेपाली कांग्रेसको आवरणमा रहेर गण्डागर्दी गर्दै आएका ‘राधे’ नेपाल तरुण दलका नेता पनि हुन् ।
‘राधे’ले आफ्नो ग्याङलाई परिचालन गरेर आफ्नै दाई गोपीकृष्ण भण्डारीलाई कांग्रेसबाट जबरजस्ती निलकण्ठ नगरपालिकाको वडा नं. ३ मा वडाध्यक्षको टिकट दिलाएका थिए ।
आफ्ना दाई गोपीकृष्ण पराजित हुने अवस्था आएपछि ‘राधे’ले मतदानस्थलमा भाँडभैलो मच्चाउन खोजेपछि प्रहरीले पक्राउ गरेको प्रत्यक्षदर्शीको भनाइ छ ।
‘राधे’ले आफ्नो वडाको मतगणनालाई भाँडेर दाईलाई जिताउने वा भरतपुर महानगरपालिकाको विगतको काण्ड दोहो¥याउन खोजेको आरोप छ ।
‘राधे’को ग्याङले निलकण्ठ नगरपालिका– ३ का स्वतन्त्र उम्मेदवार राजकुमार श्रेष्ठलाई ज्यानमार्ने धम्की समेत दिएको थियो । वडाध्यक्षका उम्मेदवार श्रेष्ठले जित्ने सम्भावना निकै छ ।
धादिङका प्रहरी प्रमुख एसपी राकेश सिंहले पनि राधे पक्राउ परेको बताएका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया