ललितपुरबाट १० जना दलालहरू पक्राउ

काठमाडौं । ललितपुरको एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालयमा सेवाग्राहीलाई सेवा लिनबाट अवरोध गर्ने १० जना दलालहरूलाई प्रहरीले प्रकाउ गरेको ।

यातायात ब्यवस्था कार्यालय, बागमतीको कार्यालय परिसर तथा बाहिर समेत अनाधिकृत रुपमा मानिसहरू भेला भई कार्यालयमा आफ्नो व्यक्तिगत कामको लागि आउने सेवाग्राहीहरूलाई अनावश्यक रुपमा झन्झटमा पारी कार्यालयको काममा समेत बाधा पुर्‍याएको अभियोगमा उनीहरूलाई पक्राउ गरिएको विज्ञप्तिमा उल्लेख छ ।

सेवा लिन अबरोध गर्ने, अभद्र व्यवहार गर्ने कार्य गरेको भन्ने सर्वसाधारणबाट गुनासो प्राप्त भएपछि दलालहरूलाई पक्राउ गरेको जनाइएको छ ।

पक्राउ परेका १० जनालाई जिल्ला प्रशासन कार्यालयबाट हिरासतमा राख्ने अनुमती लिई थप अनुसन्धान भइरहेको विज्ञप्तिमा उल्लेख छ ।

पक्राउ पर्नेमा ललितपुरको तिखिदेवलमा स्थाई घर भएका ३४ वर्षीय सुजन बुढाथोकी, दोलखाको दोलखा गाउँपालिका–७ स्थाई घर भई हाल ललितपुर– १४ मा बसोबास गर्ने ३४ वर्षीय विवेक थापा, धनुषाको वटेश्वर–७ स्थाई घर भई हाल ललितपुर बस्ने ३५ वर्षीय दुनियाबहादुर राउत, काभ्रेको महाभारत– ५ स्थाई घर भइ हाल ललितपुरको इमाडोल बसोबास गर्ने २२ वर्षीय विशाल तामाङ र ललितपुरको बाडेगाउँका ३९ वर्षीय सुनिल बज्रचार्यलाई पक्राउ गरिएको विज्ञप्तिमा उल्लेख छ ।

ललितपुरको पाटनढोकाका ३६ वर्षीय महेश सुवेदी, रामेछापको लखनपुर स्थाई घर भई हाल ललितपुरको भैसेपाटी बस्ने २६ वर्षीय शिव दर्जी, ललितपुरको गोदावरी नगरपालिका– १३ स्थाई घर भई हाल एकान्तकुना बसोबास गर्ने २६ वर्षीय राजेश सुनुवार, बाराको निजगढ स्थाई घर भई हाल ललितपुरको कुसुन्ती बस्ने २४ वर्षीय रोशन घिमिरे र काभ्रेको शिखर अंबोटे स्थाई घर भई हाल ललितपुर– २१ बसोबास गर्ने ३३ वर्षीय कमल लामालाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।

Published : Wednesday, 2022 May 4, 5:07 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया