क्रेडिट कार्डको कारोबारमा कडाइ

काठमाडौं । राष्ट्र बैंकले क्रेडिट कार्डको कारोबारमा कडाइ गरेको छ ।

भुक्तानी प्रणाली सम्बन्धी एकीकृत निर्देशन– २०७८ संशोधनमार्फत् क्रेडिट कार्डको कारोबारमा थप कडाइ गरिएको हो ।

क्रेडिट कार्डबाट रकम झिक्न पाइँदैन । क्रेडिट कार्डमा भएको पैसा वस्तु तथा सेवा किन्दा भुक्तानीका लागि मात्र प्रयोग गरिन्छ ।

अत्यावश्यक अवस्थामा भने ग्राहकले यस्तो कार्डमा लोड भएको रकमको १० प्रतिशतसम्म झिक्न सक्नेछन् ।

बैंकहरूले क्रेडिट र डेबिट गरेर दुई किसिमका कार्ड जारी गर्छन् ।

ग्राहकको खातामा भएको रकम प्रयोगको लागि बैंकले ग्राहकलाई डेबिट कार्ड जारी गरेको हुन्छ ।

हालसम्म एक करोड दुई लाखभन्दा बढी क्रेडिट कार्ड जारी भएका छन् ।

ग्राहकले विद्युतीय वालेट खाता खोल्दा ग्राहक पहिचान विवरणलाई समेत कडाइ गरेको छ ।

पहिचान विवरण साँचो भएको र झुटो ठहरिएमा कानूनअनुसार कारवाही हुने व्यवस्था स्वीकार्य रहेको ग्राहकले विद्युतीय रूपमा स्वघोषणा गर्न सक्ने व्यवस्था गराउन समेत राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायकहरूलाई निर्देशन दिएको छ ।

Published : Monday, 2022 May 2, 11:00 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया