जलेश्वरमा ४ लाखसहित मण्डल पक्राउ

जलेश्वर । जिल्ला प्रहरी कार्यालय महोत्तरीले स्रोत नखुलेको नगद ४ लाखसहित एकजनालाई पक्राउ गरेको छ ।

आइतबार बिहान जलेश्वर नगरपालिका–३ मलिवारास्थित जलेश्वर भंन्सार अगाडिको सडकबाट प्रहरीले १९ वर्षीय सुजित मण्डलाई नगदसहित पक्राउ गरेको हो ।

भारतबाट नेपालमा अबैध रूपमा नेपाली मुद्रा ओसार पसार गरी ल्याई रहेको भन्ने बिशेष सूचनाको आधारमा तत्कालै जिल्ला प्रहरी कार्यालय महोत्तरी र प्रहरी चौकी भिठ्ठामोड महोत्तरीबाट खटिई गएको प्रहरी टोलीले जलेश्वर– १२ थरूवाहीका मण्डललाई पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ ।

Published : Sunday, 2022 May 1, 10:35 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया