सागरले गर्भवती महिलालाई काठमाडौंमा जबरजस्ती सिध्याए

काठमाडौं । गर्भवती महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले ३५ वर्षीय सागर शाहीलाई बुधबार काठमाडौंमा पक्राउ गरेको छ ।

शाहीले गर्भवती महिलालाई विभिन्न डरत्रास देखाई धम्की दिई जबरजस्ती करणी गरेको प्रहरीले विज्ञप्तिमार्फत जनाएको छ । करणीपछि शाही फरार रहेका थिए ।

कैलालीको लम्कीचुहा नगरपालिका–२ मोतीपुर स्थायी ठेगाना भएका शाही काठमाडौंको चन्द्रागिरी नगरपालिका–२ नागढुङगा बस्दै आएका थिए ।

चैत ८ गते नागढुंगास्थित आफ्नै घरभित्र कोही नभएको मौका पारी गर्भवती महिलालाई जबरजस्ती करणी गरी फरार भएका शाहीलाई उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनबाट खटिएको प्रहरीले काठमाडौंको नागढुंगाबाट फेला पारी पक्राउ गरेको हो ।

उनलाई जबरजस्ती करणी सम्बन्धी कसूरमा आवश्यक कारवाहीको लागि प्रहरी वृत्त थानकोट काठमाडौं पठाइएको विज्ञप्तिमा उल्लेख छ ।

उता, रुकुम पूर्व जिल्लामा १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा पुथाउत्तरगंगा गाउँपालिका–१ मैकोट बस्ने २९ वर्षीय तीर्थफल परियार र सोही ठाउँ बस्ने ३० वर्षीय हिन्दुल परियारलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

उनीहरूले ती किशोरीलाई सोही गाउँपालिकास्थित स्याना पातल जंगलमा लगि जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी हुकामबाट खटिएको प्रहरीले दुवै जनालाई पक्राउ गरेको हो ।

Published : Friday, 2022 April 29, 8:18 am

फेसबुकबाट तपाईको प्रतिक्रिया