भारी गिरावट भएको नेप्से ६४.३१ बिन्दुमा पुगेर बन्द

काठमाडौं । नेप्से परिसूचकमा पछिल्लो एक सातामा ४९.०७ अंकले गिरावट आएको छ ।

अघिल्लो हप्ताको अन्तिम कारोबार दिन बिहीबार पाँचौँ दिन लगातार ओरालो लागेको नेप्से ३५.६६ अंक बढेर दुई हजार चार सय ६४.३१ बिन्दुमा पुगेर कारोबार बन्द भएको थियो ।

आइतबार सार्वजनिक बिदा भएकाले सेयर बजार बन्द रह्यो । साताको तीन दिन मात्रै कारोबार भएको छ ।

तीन दिन भएको कारोबारमा दुई दिन उच्च अंकले गिरावट आयो भने एक दिन सामान्य अंकले वृद्धि भएको छ ।

बिहीबार पनि सार्वजनिक बिदा भएकाले सेयर बजार बन्द रहेको छ ।

सोमबार नेप्से परिसूचक ४४.६४ अंक गिरावट आएर दुई हजार चार सय १९.८० बिन्दुमा झरेको थियो ।

सेन्सेटिभ इन्डेक्स ८.८७ अंक घट्यो । सोमबार कारोबारमा आएका २ सय ३३ कम्पनीको ५० लाख ९५ हजार कित्ता सेयर २ अर्ब २६ करोड ७ लाख ८६ हजार रुपियाँबराबरको खरिद–बिक्री भएको थियो ।

दोस्रो कारोबारको दिन मंगलबार पनि सेयर बजार मापक नेप्से परिसूचक ३४.७८ अंक घटेर दुई हजार तीन सय ८५.०१ बिन्दुमा झरेको थियो ।

कारोबारमा आएका २ सय ३७ कम्पनीका ३७ लाख ८३ हजार २४ कित्ता सेयर एक अर्ब ५२ करोड ४३ लाख रुपियाँबराबरमा खरिद–बिक्री भएको थियो ।

सोमबारको तुलनामा नेप्से सूचकसँगै कारोबार रकम पनि गिरावट आएको थियो ।

बुधबार भने नेप्से परिसूचक ३०.२४ अंक बढेर दुई हजार चार सय १५.२४ बिन्दुमा पुगेको छ। जसमा सेन्सेटिभ इन्डेक्स ६.९७ अंकले बढेको छ ।

बुधबार कारोबारमा आएका २ सय २९ कम्पनीको ३३ लाख ९८ हजार कित्ता सेयर एक अर्ब ४७ करोड ६३ लाख रुपियाँबराबरमा खरिद–बिक्री भएको छ ।

नेप्से परिसूचकमा वृद्धि भए पनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा घटेको छ ।

अघिल्लो कारोबार दिन मंगलबार एक अर्ब ५२ करोडको सेयर खरिद–बिक्री भएको थियो ।

Published : Thursday, 2022 April 14, 9:49 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया