ललितपुरमा ठूलो रकमसहित जुवाडेहरूको ग्याङ पक्राउ

ललितपुर । प्रहरीले ललितपुर जिल्लामा ११ जना जुवाडेलाई झण्डै ९ लाख रुपियाँ र ताससहित पक्राउ गरेको छ ।

बुधबार राति गोदावरी नगरपालिका–१४ ठैवस्थित राजेश महर्जनको घरमा छापा हानेर ११ जना जुवाडेलाई पक्राउ गरेको प्रहरीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

राजेश महर्जनको घरको पहिलो तलामा रहेको कोठामा ११ जना मानिसहरूलाई अवैध रुपमा जुवा तास खेली खेलाई रहेको अवस्थामा प्रहरी टोलीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा घरधनी महर्जन पनि छन् ।

पक्राउ पर्नेमा गोदावरी नगरपालिका –१४ ठैव बस्ने वर्ष ४० का राजेश महर्जन (घरधनी), झरुवाराशी बस्ने वर्ष ३३ का नितेष थापा ‘कृष्ण’, गोदावरी कुण्डका वर्ष ४४ का सुमन पुरी, टौखेलका वर्ष ४८ का सुदर्शन सुवेदी, पौडेल शान्तिवन बस्ने वर्ष ४४ का कुमार तामाङ, ठैव बस्ने वर्ष ४२ का राजेश महर्जन रहेका छन् ।

कार्कीटार बस्ने वर्ष ३५ को विजय थापा, गोदामचौर बस्ने वर्ष ४२ को कमल कार्की, टाखेल बस्ने वर्ष २८ का सन्तोष दुलाल, शान्तिबन बस्ने वर्ष ३४ को सुनिल लामा तामाङ र पाँचथरको कुम्पाक गाउँपालिका–१ घर भई हाल गोदावरी नगरपालिका– ३ बसपार्क बस्ने वर्ष ५३ को प्रेमबहादुर फेउदिनलाई पक्राउ गरिएको विज्ञप्तिमा उल्लेख छ ।

प्रहरीले जुवाको खालबाट ३ बुक तास, आठ लाख त्रीचालीस हजार छ सय नब्बे रुपियाँ बरामद गरेको छ ।

Published : Thursday, 2022 April 14, 7:04 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया