त्रिभुवन विमानस्थलमा भारत जान लागेका कन्हैया पक्राउ, झोलामा ‘माल’ फेला

काठमाडौं । प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक जनालाई भारतीय रुपियाँसहित पक्राउ गरेको छ ।

लुकाई छिपाई लैजाने लागेको नेपालमा प्रतिबन्धित भारतीय रूपियाँ ५ सय दरको १ लाख ८ हजार ५ सय रूपियाँसहित भारतीय नागरिक ३२ वर्षीय कन्हैया लाललाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको जनाएको छ ।

इन्डिगो एयरको उडानद्वारा काठमाडौंबाट भारतको दिल्ली जान लागेका कन्हैयालाई विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान ह्याण्ड ब्यागेज चेकिङ एरियाको एक्सरे मेसिनमा जाँच गर्ने क्रममा पक्राउ गरिएको थियो ।

प्रतिबन्धित भारतीय रुपियाँ र नेपाली ६ लाख ५४ हजार रूपियाँसहित फेला पारी प्रहरीले पक्राउ गरेको उल्लेख गरेको छ ।

उनलाई आवश्यक अनुसन्धान एवं कारबाहीका लागि राजश्व अनुसन्धान विभाग हरिहरभवन पुल्चोक ललितपुर पठाइएको छ ।

Published : Wednesday, 2022 April 13, 5:40 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया