गायक पशुपति शर्माले कांग्रेसको विरोध गरेर कम्युनिस्टवाला औकात देखाए, एमालेमा खुले

काठमाडौं । गायक पशुपति शर्माले सत्ता गठबन्धनको आलोचना गर्दै एमालेको समर्थनमा बोलेका छन् ।

गायक शर्माले मंगलबार सामाजिक सञ्जालमा स्टाटस लेखेर एमालेको समर्थनमा अभिव्यक्ति दिएका हुन् । उनले नेपाली कांग्रेस नेतृत्वको सत्ता गठबन्धनको विरोध गरेका छन् ।

‘लाज पचेकाहरूले हो गठबन्धन् गर्नी, सिद्धान्त मिल्नु छैन ? विचार मिल्नु छैन ? चुनावी घोषणा पत्र आफ्ना–आफ्ना छन् । के हो यो ?’, गायक शर्माले भनेका छन् ।

‘गठबन्धन आफूमा विश्वास छैन भने जनताको विश्वास कसरी जित्छौं ?’, उनले भनेका छन्, ‘कार्यकर्ता र जनता कति भेँडा हुन्छौँ सोँच्ने बेला भयो अब ।’

गायक शर्माले गठबन्धनको विरोध गरेर एमालेको समर्थन गरेका छन् । कांग्रेस नेतृत्वको गठबन्धनको विरोध गरेर गायक शर्माले आफूलाई एमाले समर्थक हुँभन्ने सन्देश दिएका छन् ।

तत्कालीन दुईतिहाईको कम्युनिस्ट सरकारका प्रधानमन्त्री खड्गप्रसाद ओली र एमालेले नै गायक शर्माको ‘लुट्न सके लुट कान्छा’ बोलको गीत प्रतिबन्ध लगाइदिएको थियो ।

कांग्रेसले नै गायक शर्माको समर्थनमा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा आवाज उठाएको थियो । कांग्रेसले त्यो बेला गायक शर्मालाई लगाएको गुन अहिले चुनावको मुखमा आएर कांग्रेस नेतृत्वको सत्ता गठबन्धनको विरोध र एमालेको समर्थन गरेर गतिलो मूल्य चुकाएका छन् ।

२०७४ सालको प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा एमाले, माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा र राप्रपाले गठबन्धन गरेर निर्वाचन लडेका थिए ।

एमाले र माओवादीले मात्रै झण्डै दुईतिहाईको बहुमत पाएका थिए । कम्युनिस्ट र राप्रपाबीच गठबन्धन हुँदा गायक शर्मालाई कुनै आपत्ति भएन । कांग्रेसले गठबन्धन गर्दा गायक शर्माको टाउको दुखेको छ ।

गायक शर्मा जस्ता दुईजिब्रेहरूका कारण राजनीतिक दल र नेताहरूलाई समस्या पर्ने गरेको छ । शर्माले कांग्रेसका नेताहरूको आलोचना गर्नुभन्दा पनि एमालेको झण्डा बोकेर चुनावी मैदानमा जान सुझाव नेताहरूको छ ।

गायक बद्री पंगेनी जस्तै गरेर एमालेमा खुलेर प्रचारमा लाग्नु नि ? भेष बदलेर कांग्रेसलाई गाली गर्ने गायक शर्मा जस्ता धुन्धुकारी अवसरवादीले प्रजातन्त्रलाई कमजोर बनाएको आरोप छ ।

पाराजित हुने डरले एमालेका अध्यक्ष खड्गप्रसाद ओलीले सत्ता गठबन्धनको विरोध गरिरहेका छन् । ओलीको स्वरमा स्वर मिलाउने गरेर गायक शर्माले अभिव्यक्ति दिएका हुन् ।

Published : Tuesday, 2022 April 12, 12:20 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया