कम्पनी रजिस्ट्रार र वाणिज्य विभागका प्रमुखहरू फेरिए

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले कम्पनी रजिस्ट्रारको कार्यालय र वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका प्रमुखहरूलाई तानेर नयाँलाई जिम्मेवारी दिएको छ ।

मन्त्रालयले कम्पनी रजिस्ट्रारको कार्यालयको महानिर्देशकमा सह–सचिव महेश बरालको सरुवा गरेको छ ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको प्रमुखमा लीलाप्रसाद शर्माको सरुवा भएको छ ।

कम्पनी रजिस्ट्रारका महानिर्देशक प्रेमकुमार श्रेष्ठलाई मन्त्रालयमा तानिएको छ ।

Published : Tuesday, 2022 April 12, 8:31 am

फेसबुकबाट तपाईको प्रतिक्रिया