ग्यास र तेलको मूल्य बढ्यो

काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको मूल्यमा फेरि वृद्धि गरेको छ ।

नेपाल आयल निगमले मंगलबार मध्यराति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजल, मट्टितेल र खाना पकाउने ग्यासको मूल्य बढाउने निर्णय गरेको हो ।

पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ५ रुपियाँको दरले निगमले मूल्य बढाएको छ ।

मूल्य बढेसँग पेट्रोलको मूल्य प्रतिलिटर १६० रुपियाँ पुगेको छ । डिजल र मट्टितेलको मूल्य प्रतिलिटर १४३ रुपियाँ पुगेको छ ।

ग्यासको मूल्य प्रतिसिलिण्डर २५ रुपियाँले बढेको छ । यसअघि १५ सय ७५ रुपियाँ रहेको खाना पकाउने ग्यास अब प्रतिसिलिण्डर १६ सय रुपियाँ पुगेको छ ।

Published : Wednesday, 2022 April 6, 12:17 am

फेसबुकबाट तपाईको प्रतिक्रिया