सार्वजनिक सवारी साधनको भाडा बढ्यो

काठमाडौं । सरकारले लामा दूरीका सार्वजनिक सवारीको भाडा १५ प्रतिशतसम्म बढाएको छ ।

यातायात व्यवस्था विभागले भौतिक पूर्वाधार तथा यातायातमन्त्रालयको मन्त्रिस्तरीय निर्णयानुसार यात्रुबाहक सवारी साधनमा भाडा १० प्रतिशतले बढाएको हो ।

पहाडमा मालबाहक सवारीका लागि १३ र तराईमा १५ प्रतिशतका दरले भाडा बढेको छ ।

यात्रुबाहक तथा मालबाहकसहित पहाडी तथा तराई क्षेत्रका भूगोलअनुसार १० देखि १५ प्रतिशतसम्म भाडा बढाउने निर्णय भएको छ ।

पेट्रोलियम पदार्थमा भइरहेको मूल्य वृद्धिलाई आधार बनाएर लामो दूरीमा चल्ने सवारीको भाडा बढाउने निर्णय भएको छ ।

केन्द्र सरकारले भाडा बढाएपछि प्रदेश सरकारहरूले पनि मध्यम र छोटो दूरीका सवारीको भाडा बढाउनेछन् ।

पेट्रोलियम पदार्थमा मूल्य वृद्धि भएपछि यातायात व्यवसायीहरूले भाडा बढाउन दवाव दिएका थिए । सवारी साधनले आफू खुसी भाडा बढाएर लिने गरेका थिए ।

Published : Sunday, 2022 April 3, 8:30 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया