एलपी ग्यास बिक्री बन्द गर्ने, पेट्रोलियम ढुवानी टैंकरहरू थन्किए

काठमाडौं । राष्ट्रिय पेट्रोलियम व्यवसायी संस्थागत समन्वय समितिले पेट्रोलियम ढुवानी टैंकरहरूले लोडिङ÷अनलोडिङ बन्द गरेका छन् ।

समितिले शुक्रबारबाट नेपाल आयल निगमको डिपोहरूबाट पेट्रोलियम पदार्थ खरिद बन्द गर्ने निर्णय गरेको नेपाल पेट्रोलियम पदार्थ डिलर्स राष्ट्रिय एशोसिएशनका अध्यक्ष लिलेन्द्रप्रसाद प्रधानले जानकारी दिए ।

‘चैत १८ गते शुक्रबारबाट पेट्रोलियम ढुवानी टैंकरहरूले लोडिङ÷अनलोडिङ बन्द गर्नेछन्’, प्रधानले भने, ‘बिक्रेताहरूले निगमको डिपोबाट पेट्रोलियम पदार्थको खरिद बन्द गर्ने निर्णय भएको छ ।’

अध्यक्ष प्रधानले माग पूरा नभएमा चैत २० गतेबाट मुलुकभरि एलपी ग्यास उद्योग र ग्यास बिक्रेटाहरूले ग्यास बिक्री बन्द गर्ने चेतावनी दिएका छन् ।

उनले भने, ‘पेट्रोलियम ढुवानी टैंकरहरूले ढुवानी कार्य बन्द गर्ने तथा पेट्रोलियम बिक्रेताहरूले बिक्रीस्थल एवम् पेट्रोलियम पदार्थको बिक्री वितरण गर्ने छौँ ।’

समितिले व्यवसायीहरूको माग पूरा गर्न चासो नदेखाएको भन्दै चिन्ता जनाएको छ । आन्दोलनबाट हुन सक्ने क्षति र असुविधाप्रति निगम जिम्मेवार हुने अध्यक्ष प्रधानले बताएका छन् ।

समितिमा नेपाल पेट्रोलियम राष्ट्रिय एशोसिएशन, नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघ र नेपाल एलपी ग्यास उद्योग संघ आवद्ध रहेका छन् ।

Published : Friday, 2022 April 1, 9:29 am

फेसबुकबाट तपाईको प्रतिक्रिया