इटालियन स्वादको वाईन नेपाली बजारमा भित्रियो

काठमाडौं । इटालियन स्वादको वाईन ‘जिमी गोसे’ नेपाली बजारमा भित्रिएको छ ।

ह्विकीले बजार कब्जा गरिरहेका बेला मदिराका पारखीलाई जिमी गोसे वाइनले नयाँ आनन्द दिने जिमी ग्रुप प्रालिले जनाएको छ ।

‘जिमी गोसे’ वाईन सोमबारदेखि नेपाली बजारमा आएको कम्पनीका कार्यकारी निर्देशक जीवन चलाउनेले जानकारी दिएका छन् ।

अंगुरबाट बनेको उच्च गुणस्तर, स्वाद र सुगन्धसहितको रेड र ह्वाइट वाईन बजारमा पठाइएको छ ।

७५० एमएलको आकर्षक बोतलमा रहेको वाइनमा १३ प्रतिशत अल्कोहल छ ।

जिमी गोसे वाइनको देशभर बजार व्यवस्थापनको जिम्मा मस्टा ग्रुप प्रालिले गरेको छ ।

मस्टा ग्रुपका प्रबन्ध निर्देशक जगतबहादुर धामीले जिमी गोसेले नेपाली उपभोक्तामा राम्रो प्रभाव पार्ने दाबी गरेका छन् ।

जिमी गोसेलाई इटालीको नम्बर एक वाईन भएको दाबी गरिएको छ ।

Published : Monday, 2022 March 21, 10:06 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया