रात्रिकालीन व्यवसाय चौबीसैघण्टा चल्न दिने निर्णय

काठमाडौं । नेपाली कांग्रेस नेतृत्वको सरकारले रात्रिकालीन व्यवसायलाई चौबीसैघण्टा सञ्चालन गर्न दिने निर्णय गरेको छ ।

गृह मन्त्रालयले होटल, रेस्टुरेन्ट, डान्स–दोहोरी–क्लब, लाउञ्ज बार लगायत सबै किसिमका रात्रिकालीन व्यवसायलाई २४ घण्टा सञ्चालन गर्न दिने निर्णय गरेको हो ।

गृहमन्त्री बालकृष्ण खाणले रात्रिकालीन व्यवसाय सञ्चालनबारे अध्ययन गरेर मापदण्ड बनाउन समिति गठन गरेका थिए ।

गृह मन्त्रालयको शान्ति सुरक्षा महाशाखाका प्रमुख फणिन्द्रमणि पोखरेलको नेतृत्वमा १४ सदस्यीय कार्यदलको सुझाव र मापदण्डअनुसार रात्रिकालीन व्यवसायलाई चौबीसैघण्टा सञ्चालन गर्न दिने निर्णय भएको छ ।

प्रहरीले रेस्टुरेन्टहरूलाई राति ९ बजे बन्द गराउँदै आएको थियो ।

Published : Wednesday, 2022 March 9, 9:02 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया