रात्रिकालीन व्यवसाय चौबीसैघण्टा चल्न दिने निर्णय
काठमाडौं । नेपाली कांग्रेस नेतृत्वको सरकारले रात्रिकालीन व्यवसायलाई चौबीसैघण्टा सञ्चालन गर्न दिने निर्णय गरेको छ ।
गृह मन्त्रालयले होटल, रेस्टुरेन्ट, डान्स–दोहोरी–क्लब, लाउञ्ज बार लगायत सबै किसिमका रात्रिकालीन व्यवसायलाई २४ घण्टा सञ्चालन गर्न दिने निर्णय गरेको हो ।
गृहमन्त्री बालकृष्ण खाणले रात्रिकालीन व्यवसाय सञ्चालनबारे अध्ययन गरेर मापदण्ड बनाउन समिति गठन गरेका थिए ।
गृह मन्त्रालयको शान्ति सुरक्षा महाशाखाका प्रमुख फणिन्द्रमणि पोखरेलको नेतृत्वमा १४ सदस्यीय कार्यदलको सुझाव र मापदण्डअनुसार रात्रिकालीन व्यवसायलाई चौबीसैघण्टा सञ्चालन गर्न दिने निर्णय भएको छ ।
प्रहरीले रेस्टुरेन्टहरूलाई राति ९ बजे बन्द गराउँदै आएको थियो ।
Published : Wednesday, 2022 March 9, 9:02 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया