पेट्रोलियम पदार्थको मूल्य ह्वात्तै बढ्यो, उपभोक्ताको दशा लाग्यो

काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको मूल्यफेरि बढाएको छ । नयाँ मूल्य बिहीबार मध्यरातिदेखि लागू हुनेछ ।

बिहीबार बसेको नेपाल आयल निगम सञ्चालक समितिको बैठकले डिजल, पेट्रोल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रुपियाँले बढाउने निर्णय गरेको विज्ञप्तिमा उल्लेख छ ।

खाना पकाउने ग्यासको मूल्य भने बढेको छैन । निगमले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा भएको वृद्धिले घाटाको दर ह्वात्तै बढेको भन्दै एकैपटकमा ५ रुपियाँका दरले मूल्य बढाएको उल्लेख गरेको छ ।

पेट्रोलको मूल्य प्रतिलिटर १५० रुपियाँ पुगेको छ । डिजल र मटितेलको मूल्य १३३ रुपियाँ प्रतिलिटर भएको छ ।

आयल निगमले खाना पकाउने ग्यासमा प्रतिसिलिन्डर ६६५.३४ रुपियाँ घाटा भइरहे पनि नबढाउने निर्णय लिएको छ ।

हवाई इन्धनको मूल्य पनि समायोजन भएको छ ।

मूल्य समायोजनपछि पनि निगमलाई १५ दिनमा २ अर्ब ५० करोड घाटा हुने सह–प्रवक्ता पुष्कर कार्कीले बताएका छन् ।

फागुनसम्म मात्रै निगमलाई २८ अर्ब नोक्सानी हुने देखिएको निगमले विज्ञप्तिमा उल्लेख गरेको छ ।

Published : Thursday, 2022 March 3, 10:06 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया