‘आँखा झिमिक्क पारेर’मा श्रेष्ठ र अधिकारीको स्वर
काठमाडौं । संगीतकार सन्तोष श्रेष्ठले ‘आँखा झिमिक्क पारेर’ बोलको गीतमा स्वर दिएका छन् ।
उनलाई गीतमा गायिका अस्मिता अधिकारीले साथ दिएकी छिन् । गीतमा संगीत श्रेष्ठकै छ ।
शब्द सुरेन्द्र महर्जनको रहेको छ । एरेञ्ज सुलभ घिमिरेले दिएका छन् ।
गीतहरूमा संगीत दिँदै आएका श्रेष्ठले थोरै गीतमा मात्रै स्वर दिने गरेका छन् । ‘आँखा झिमिक्क पारेर’मा श्रेष्ठ र अधिकारीको स्वरले म्याचिङ गरेको छ । उनीहरूको स्वर गीतमा निकै राम्रो सुनिएको छ ।
म्युजिक भिडियोलाई निर्देशन सुरेश थापाले गरेका छन् । कोरियोग्राफर सुरेन्द्र बसेल, क्यामरा प्रवेश पोखरेल, सम्पादन सुरेश राउतको रहेको छ ।
म्युजिक भिडियोमा हरिश निरौला, सुमन ज्योति, पूजा उप्रेती, आयुषी कटवाल र जया थापाको अभियन रहेको छ । म्युजिक भिडियोलाई ओएसआर डिजिटलको युट्युब च्यानलमा राखिएको छ ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया