‘आँखा झिमिक्क पारेर’मा श्रेष्ठ र अधिकारीको स्वर

काठमाडौं । संगीतकार सन्तोष श्रेष्ठले ‘आँखा झिमिक्क पारेर’ बोलको गीतमा स्वर दिएका छन् ।

उनलाई गीतमा गायिका अस्मिता अधिकारीले साथ दिएकी छिन् । गीतमा संगीत श्रेष्ठकै छ ।

शब्द सुरेन्द्र महर्जनको रहेको छ । एरेञ्ज सुलभ घिमिरेले दिएका छन् ।

गीतहरूमा संगीत दिँदै आएका श्रेष्ठले थोरै गीतमा मात्रै स्वर दिने गरेका छन् । ‘आँखा झिमिक्क पारेर’मा श्रेष्ठ र अधिकारीको स्वरले म्याचिङ गरेको छ । उनीहरूको स्वर गीतमा निकै राम्रो सुनिएको छ ।

म्युजिक भिडियोलाई निर्देशन सुरेश थापाले गरेका छन् । कोरियोग्राफर सुरेन्द्र बसेल, क्यामरा प्रवेश पोखरेल, सम्पादन सुरेश राउतको रहेको छ ।

म्युजिक भिडियोमा हरिश निरौला, सुमन ज्योति, पूजा उप्रेती, आयुषी कटवाल र जया थापाको अभियन रहेको छ । म्युजिक भिडियोलाई ओएसआर डिजिटलको युट्युब च्यानलमा राखिएको छ ।

Published : Tuesday, 2022 March 1, 12:22 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया