नायक पल शाह पक्राउ, दिए यस्तो भावकु बयान

दमौली । नाबालिकालाई करणी गरेको अभियोग लागेका नायक पूर्णबिक्रम शाह (पल शाह)लाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय तनहुँले शाहलाई आइतबार पक्राउ गरेको हो । शाहले आफूलाई प्रहरी समक्ष उपस्थित गराएका हुन् ।

आफूले खेलेको चलचित्र रिलिज भएको र स्वास्थ्यमा पनि केही समस्या भएका कारण प्रहरीसामु उपस्थित हुन ढिलाइ भएको उनले बताएका छन् । घर ब्यवहार पनि मिलाउनु पर्ने भएका कारण सबै कुरा मिलाएर आफूले प्रहरीमा आत्मसमर्पण गरको उनले बताएका छन् ।

शाहले भिडियो सन्देशमा भनेका छन्, ‘म निर्दोष छु । मेरा कुरा सबै अदालत र प्रहरीसामु भन्नेछु । मलाई शुरूदेखि नै फसाउने कार्य भएको छ ।’

उनले भावुक हुँदै भनेका छन्, ‘प्रहरीलाई अनुसन्धानमा मेरो सहयोग हुनेछ । मसँग प्रमाणहरू प्रशस्त छन् । घरमा आमा, बहिनीसहितका परिवारलाई हेर्नुपर्ने मेरो दायित्व हो । सबै मिलाएर आएको छु ।’

शाहले आफूद्वारा अभिनित चलचित्र ‘म यस्तो गीत गाउँछु २’लाई दर्शकले दिएको माया र समर्थनप्रति धन्यावाद दिएका छन् ।

उनले दर्शकसँग सँगै बसेर चलचित्र हेर्ने इच्छा पूरा नभएको पनि बताएका छन् । उनले कानूनमा त्यो व्यवस्था नरहेकाले सम्भव नरहेको बताए ।

एक जना गायिकाले आफू नाबालिका भएको भन्दै शाहविरुद्ध प्रहरीमा बलात्कारको जाहेरी दिएकी थिइन् । त्यसपछि प्रहरीले उनलाई खोज्दै आएको थियो ।

शाहले आफूलाई मोडल एवम् गायक दुर्गेश थापा, सरोज ओली, कृष्ण जोशी र सम्राट चौलागाइँले डिजाइन गरेर फसाएको आरोप लगाएका थिए ।

Published : Sunday, 2022 February 27, 1:28 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया