दुर्गेश थापालाई ठूलो धक्का, महोत्सवबाट हटाइए
काठमाडौं । नायक पल शाहसँगको प्रकरणमा मुछिएका गायक तथा मोडल दुर्गेश थापालाई महोत्सवबाट हटाइएको छ ।
कैलालीको अत्तरियामा शुक्रबारबाट शुरू भएको ‘सुदूरपश्चिममा प्रादेशिक महोत्सव’मा सहभागी कलाकारको सूचीबाट थापाको नाम हटाएको हो ।
अत्तरिया उद्योग बाणिज्य संघको आयोजनामा महोत्सव शुक्रबार फागुन १३ देखि फागुन २५ गतेसम्म आयोजना हुन लागेको छ ।
थापा विवादमा परेका कारण समस्या हुने भएपछि कार्यक्रमबाट हटाइएको महोत्सव आयोजक अत्तरिया उद्योग बाणिज्य संघका महासचिव यज्ञराज जोशीले जानकारी दिएका छन् ।
महोत्सवमा सर्वसाधारणको भीड हुने र थापामाथि हातपात हुने सम्भावना भएपछि हटाइएको जोशीले बताए ।
पललाई फसाउन दुर्गेशसहितको टिमले एकजना गायिकामार्फत जबरजस्ती करणीको योजना बनाएको भन्ने अडियो सार्वजनिक भएपछि दुर्गेश विवादमा परेका छन् ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया