सल्यानगाउँमा घरभित्रै घुसेर सीआईबीद्वारा सुनबहादुरलाई पक्राउ

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले ५६ वर्षीय सुनबहादुर तामाङलाई पक्राउ गरेको छ ।

सीआईबीको टोलीले तामाङलाई बुधबार पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ । सीआईबीले तामाङको घरबाटै पक्राउ गरेको हो ।

लतिपुरको गोदाबरी नगरपालिका–१० सल्यानगाउँबाट तामाङलाई पक्राउ गरिएको थियो । तामाङ सल्यानगाउँकै बासिन्दा हुन् ।

तामाङसहितको समूहले २०४१/१२/१२ गते राति ललितपुरको तत्कालीन चापागाउँ गाविस– ८, सल्यानगाउँकै ‘कान्छो’ भन्ने गणेशबहादुर नगरकोटीलाई कुटपिट गरी हत्या गरेका थिए ।

कर्तब्यज्यान मुद्दामा ललितपुर जिल्ला अदालतबाट २०४४/०२/०५ गते साविक मुलुकी ऐन, अदालती वन्दोवस्तको महल १९० नं. बमोजिम मुद्दा मुल्तवीमा रहने गरी फैसला भएको थियो ।

ब्यूरोबाट फैसला कार्यान्वयन तथा फरार प्रतिवादीहरूको खोजतलास एवम् पक्राउको लागि परिचालित टोलीले तामाङलाई माघ ४ गते बुधबार सल्यानगाउँबाट पक्राउ गरी ललितपुर जिल्ला अदालतमा पेश गरेको विज्ञप्तिमा उल्लेख छ ।

Published : Wednesday, 2022 February 16, 5:15 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया