सहकारीका अभियन्ताहरूको सुझाव नमान्दा विभागका रजिष्टारको तीन महिनामै सरुवा

काठमाडौं । सहकारी विभागका रजिष्टार झलकराम अधिकारीको साढे तीन महिनामै सरुवा भएको छ ।

रजिष्टार अधिकारीलाई संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयले शुक्रबार जगेडामा लगेर थन्काएको स्रोतले जनाएको छ ।

अधिकारीले सहकारीका अभियन्ता र अगुवाहरूको सुझावहरूलाई बेवास्ता गरेर निर्देशन जारी गर्न खोजेपछि सरुवा भएको छ ।

अधिकारी विभागको रजिष्टार भएर कात्तिकको अन्तिममा आएका थिए । उनी करीव साढे तीन महिनामै जगेडामा तानिएका छन् ।

एमाले समर्थक रजिष्टार अधिकारीले विभागमा बसेर गलत काम गर्ने सहकारीहरूलाई नियमन र अनुगमन समेत गर्न सकेका थिएनन् ।

उनले एमाले समर्थक सहकारीहरूलाई गल्ती गर्दा पनि बचाउने प्रयासहरू गरेको आरोप छ ।

Published : Saturday, 2022 February 12, 7:56 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया