नेपाल सहकारी बैंकको दर्ता प्रक्रिया अगाडि बढ्यो

काठमाडौं । नेपाल सहकारी बैंक लिमिटेडको दर्ता प्रक्रिया अगाडि बढेको छ ।

आइतबार बैंकका अध्यक्ष सुरेन्द्र भण्डारीसहित सञ्चालक समितिका सदस्यहरूको उपस्थितिमा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई नेपाल सहकारी बैंक अबधारणासहितका दस्तावेजहरू बिफ्रिङ गरिएको छ ।

बिफ्रिङका क्रममा डेपुटी गभर्नर, प्रमुख कार्यकारी निर्देशकलगायतको उपस्थिति रहेको थियो ।

नेपाल सहकारी बैंक लिमिटेडको अबधारणा पत्र, सम्भाव्यता अध्ययन प्रतिवेदन प्रस्तुत गरिएको अध्यक्ष भण्डारीले जानकारी दिएका छन् ।

लिमिटेडको सबै जानकारी लिएपछि गभर्नर अधिकारीले दर्ता प्रक्रियालाई छिटो अगाडि बढाउने आश्वासन दिएका छन् ।

सो अबधारणा पुसको २२ गते सहकारी विभागमा लिमिटेडका तर्फबाट प्रस्तुत भइसकेको छ ।

देशभरिका सहकारीहरूको हकहितका लागि नेपाल सहकारी बैंक लिमिटेड दर्ता गर्न लागिएको छ । बैंक सञ्चालनका लागि सहकारीहरूले केही निश्चित रकम जम्मा गर्नुपर्छ ।

बैंकबाट सहकारीहरूले पनि कानूनी प्रक्रिया र मापदण्डअनुसार ऋण पाउनेछन् ।

Published : Sunday, 2022 February 6, 3:54 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया