नेपाल सहकारी बैंकको दर्ता प्रक्रिया अगाडि बढ्यो
काठमाडौं । नेपाल सहकारी बैंक लिमिटेडको दर्ता प्रक्रिया अगाडि बढेको छ ।
आइतबार बैंकका अध्यक्ष सुरेन्द्र भण्डारीसहित सञ्चालक समितिका सदस्यहरूको उपस्थितिमा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई नेपाल सहकारी बैंक अबधारणासहितका दस्तावेजहरू बिफ्रिङ गरिएको छ ।
बिफ्रिङका क्रममा डेपुटी गभर्नर, प्रमुख कार्यकारी निर्देशकलगायतको उपस्थिति रहेको थियो ।
नेपाल सहकारी बैंक लिमिटेडको अबधारणा पत्र, सम्भाव्यता अध्ययन प्रतिवेदन प्रस्तुत गरिएको अध्यक्ष भण्डारीले जानकारी दिएका छन् ।
लिमिटेडको सबै जानकारी लिएपछि गभर्नर अधिकारीले दर्ता प्रक्रियालाई छिटो अगाडि बढाउने आश्वासन दिएका छन् ।
सो अबधारणा पुसको २२ गते सहकारी विभागमा लिमिटेडका तर्फबाट प्रस्तुत भइसकेको छ ।
देशभरिका सहकारीहरूको हकहितका लागि नेपाल सहकारी बैंक लिमिटेड दर्ता गर्न लागिएको छ । बैंक सञ्चालनका लागि सहकारीहरूले केही निश्चित रकम जम्मा गर्नुपर्छ ।
बैंकबाट सहकारीहरूले पनि कानूनी प्रक्रिया र मापदण्डअनुसार ऋण पाउनेछन् ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया