यी ६ कम्पनीले पाए आईपीओ निष्कासनको अनुमति

काठमाडौं । नेपाल धितोपत्र बोर्डले ६ वटा कम्पनीलाई आईपीओ निष्कासन गर्न अनुमति दिएको छ ।

आइतबार बसेको बोर्डको बैठकले बालेफी हाइड्रोपावर, ग्रिन भेञ्चर, नेष्डो समृद्धि लघुवित्त, जालपा सामुदायिक लघुवित्त, राष्ट्र उत्थान लघुवित्त र इमर्जिङ नेपाललाई आईपीओ निष्कासनको अनुमति दिएको छ ।

बलेफी हाइड्रोपावरलाई ३६ लाख ५५ हजार ९४० कित्ता, ग्रिन भेञ्चरलाई ६२ लाख ५० हजार कित्ता, नेष्डो लघुवित्तलाई ८ लाख २५ हजार कित्ता आईपीओ निष्कासनको अनुमति दिएको बोर्डले जनाएको छ ।

जाल्पा लघुवित्तले ५ लाख २२ हजार कित्ता, राष्ट्र उत्थान लघुवित्तले ८ लाख ५० हजार कित्ता र इमर्जिङ नेपालले ५ लाख ५५ हजार ६०० कित्ता आईपीओ निष्कासनको अनुमति पाएका छन् ।

बालेफी हाइड्रोपावर र नेष्डो समृद्धि लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोवल आइएमई क्यापिटल रहेको छ ।

ग्रिन भेन्चरको लक्ष्मी क्यापिटल र जालपा सामुदायिक लघुवित्तको प्रभु क्यापिटल रहेको छ ।

राष्ट्र उत्थान लघुवित्त एनआईविएल एस क्यापिटल र इमर्जिङ नेपालको एनआईसी एशिया क्यापिटल शेयर निष्काशन तथा बिक्री प्रबन्धक रहेको छ ।

हाल धितोपत्र बोर्डमा यी ६ सहित ३१ कम्पनी आईपीओ स्वीकृतिको पर्खाइमा छन् ।

Published : Monday, 2022 January 24, 9:41 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया