कच्चा तेलको मूल्य बढेपछि पेट्रोलियम पदार्थको मूल्यवृद्धि

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ ।

आयल निगमले पुस मसान्तसम्म १९ अर्ब २६ करोड रुपियाँ नोक्सान खेपिसकेको छ । कच्चा तेलको भाउ निरन्तर बढिरहेका कारण मूल्य समायोजन गर्दा घटाउन नसकिरहेको स्थिति छ ।

पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर तीन–तीन रुपियाँ बढाइएको छ ।

आन्तरिक हवाई इन्धन प्रतिलिटर पाँच रुपियाँ र अन्तर्राष्ट्रिय हवाई इन्धन प्रतिकिलोलिटरमा एक सय डलर वृद्धि गरिएको छ ।

नयाँ मूल्यअनुसार काठमाडौं उपत्यकामा पेट्रोल एक सय ३९ रुपियाँ पुगेको छ ।

डिजेल र मट्टीतेल समान एक सय २२ रुपियाँ प्रतिलिटर भएको छ ।

आन्तरिक हवाई इन्धनको मूल्य एक सय ६ रुपियाँ पुगेको छ ।

बाह्य हवाई इन्धनको मूल्य नौ सय ९५ रुपियाँ प्रतिकिलोलिटर निर्धारण गरिएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिएका छन् ।

मूल्यवृद्धिपछि पनि निगमलाई एक अर्ब ८८ करोड रुपियाँ नोक्सान हुने प्रक्षेपण गरिएको छ ।

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ निरन्तर बढेर निगमको खरिद दरसमेत बढेकाले मूल्य बढाउनुपरेको प्रवक्ता उपाध्यायले जानकारी दिएका छन् ।

Published : Thursday, 2022 January 20, 10:27 am

फेसबुकबाट तपाईको प्रतिक्रिया