तेलको मूल्य बढाउन नपाएपछि निगमलाई तनाब, १५ दिनमा २ अर्ब २४ करोड घाटा
काठमाडौं । नेपाल आयल निगमले तेल किन्न ऋण लिनुपर्ने अवस्था आएको जनाएको छ ।
‘पेट्रोलियम पदार्थको अन्तर्राष्ट्रिय बजार मूल्य अनुरुप निगमको आपूर्तिकर्ता इण्डियन कर्पोरेशनबाट माघ २ गते प्राप्त नयाँ मूल्य बमोजिम निगमलाई १५ दिनमा करीव २ अर्ब २४ करोड घाटा हुने देखिएको छ’, विज्ञप्तिमा उल्लेख छ ।
सोमबार निगमले विज्ञप्ति जारी गरेर तेल किन्न ऋण लिनुपर्ने अवस्था आएको जनाएको हो । निगमले अन्तर्राष्ट्रिय बजारमा बढेको मूल्यअनुसार नेपालमा मूल्य समायोजन गर्न नसक्दा समस्या भएको जनाएको छ ।
निगमले तेल किनेको रकम भुक्तानी गर्न नसक्ने अवस्था सिर्जना भएको जनाएको छ ।
‘आईओसीको २ अर्ब तिर्न ऋण लिनुपर्ने वा मूल्य स्थिरीकरण कोषको रकम चलाउनुपर्ने अवस्था सिर्जना भएको छ ।’ पुस मसान्तम्म निगम १९ अर्ब २६ करोड घाटामा गएको छ ।
माघ १ गते निगमलाई भारतीय आयल कर्पोरेसनबाट प्राप्त नयाँ मूल्यपछि निगमको घाटा २१ अर्ब ५० करोड पुग्ने निगमको विज्ञप्तिमा उल्लेख छ ।
मूल्य समायोजन गर्दै जाँदा पनि मासिक ४ अर्ब नोक्सानीमा निगम पुग्ने देखिएको छ ।
पेट्रोलियम पदार्थको आपूर्ति सहज बनाई राख्न करिब १२ अर्ब रुपियाँ थप आवश्यक पर्ने निगमले जनाएको छ ।
निगमलाई पेट्रोलमा १३ रुपियाँ १८ पैसा, डिजेलमा ८ रुपियाँ ८१ पैसा र खाना पकाउने ग्यास एक सिलिण्डरमा ६४६ रुपियाँ १६ पैसा घाटा रहेको निगमको भनाइ छ ।

बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया