भगौडा सेलिब्रेटी ठगहरूविरुद्ध उजुरी, नराम्रोसँग दशा लाग्यो

काठमाडौं । चन्दा उठाएर काम पूरा नगरेर बीचमै फरार भएपछि धुर्मुस–सुन्तली फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेल ‘धुर्मुस’ र उपाध्यक्ष कुञ्जना घिमिरे ‘सुन्तली’विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कारबाहीको मागसहित उजुरी परेको छ ।

बागमती प्रदेश क्रिकेट संघका कोषाध्यक्ष तथा क्रिकेट राष्ट्रिय प्रशिक्षक अनिल अधिकारीले सीताराम र कुञ्जनाविरुद्ध अख्तियारको केन्द्रीय कार्यालय टंगाल, काठमाडौंमा उजुरी दिएका हुन् ।

सीताराम र कुञ्जनाले करोडौँ रुपियाँ चन्दावापत संकलन गरेर हिनामिना गरेको भनेर प्रश्न उठेका बेला कारबाहीको मागसहित अख्तियारमा उजुरी परेको छ । रंगशाला निर्माणको कामबाट भागेका सीताराम र कुञ्जनाका दिनदशा बिग्रिएका छन् ।

चितवनमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा अनियमितता भएको भन्दै छानबिनको माग उजुरीमा गरिएका छ ।

उजुरीमा सीताराम र कुञ्जनाले आर्थिक अपचलन, ठगी गरेको भन्दै पक्राउ गर्न मागसमेत गरिएको छ ।

निवेदनमा भनिएको छ, ‘देश–विदेशमा रहेका नेपालीहरूबाट चन्दा संकलन र भरतपुर महानगरपालिकालगायतका सरकारी कार्यालयबाट ५७ करोडभन्दा बढी रकम उठाई हाल सो रंगशालाको सरकारी इञ्जिनियरहरूबाट मूल्यांकन गर्दा १७ प्रतिशत पनि निर्माण कार्य नगरी उल्टै १७ करोड ऋण तिर्नुपर्ने रकम देखाई परियोजना अलपत्र पारेर फरार रहेकोमा निजहरूलाई पक्राउ गरी आर्थिक अपचलन र ठगी मुद्दामा छानबिन गर्न माग गर्दछु ।’

अधिकारीले उजुरीमा सीताराम–कुञ्जनाले सामाजिक सञ्जालको दुरुपयोग गरेर मोटो रकम उठाएर व्यापक भष्टाचार गरेको आरोप लगाएका छन् ।

Published : Sunday, 2022 January 16, 9:27 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया