सहकारी संघको साधारण सभा नगर्न अदालतको आदेश

काठमाडौं । जिल्ला अदालत, ललितपुरले ‘नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी संघ’को साधारण सभा नगर्न आदेश दिएको छ ।

बुधबार अदालतले सदस्य विवाद र कोरोना संक्रमणको कारण देखाउँदै साधारण सभा नगर्न आदेश दिएको हो । न्यायाधीश चुरामन खड्काको एकल इजलासले निषेधाज्ञासम्बन्धी मागमा साधारण सभा नगर्न आदेश दिएको छ ।

नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी संघले संघका उपाध्यक्ष नारायणभक्त श्रेष्ठ समेतलाई विपक्षी बनाई मुद्दा दायर गरेको थियो ।

Published : Wednesday, 2022 January 12, 10:47 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया