सहकारीमार्फत आर्थिक उन्नतिमा भूमिका खेल्नुस् : गृहमन्त्री खाण

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले सामान्य व्यक्तिहरूलाई लगानी गरेर आर्थिक उन्नति गर्न सक्षम बचत तथा ऋण सहकारी संस्था लिमिटेडलाई शुभकामना दिएका छन् ।

काठमाडौंमा आयोजित सहकारीको १५औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै खाणले सहकारीको उदेश्यअनुसार काम गर्नुपर्ने सुझाव दिए । उनले जनताको आर्थिक उन्नति गर्न सहकारीको ठूलो भूमिका रहने बताएका छन् ।

खाणले संस्थामा आबद्ध ५ जना जेष्ठ नागरिकलाई नगद पाँच हजारसहित दोसल्ला ओडाएर सम्मान गरेका छन् ।

कक्षा १२ उत्तीर्ण ४ जना विद्यार्थीलाई नगद ५ हजार १ सयसहित सम्मानपत्र प्रदान गरिएको छ ।

एसईई उत्तीर्ण ५ जना विद्यार्थीलाई नगद ५ हजारसहित सम्मानपत्र, संस्थामा कारोबार गर्ने असल ऋणी २ जनालाई चार हजारसहित प्रमाणपत्र सम्मान गरिएको छ ।

सहकारीका १ जना उत्कृष्ट कर्मचारीलाई ३ हजार नगदसहित सम्मानपत्रले सम्मान गरिएको छ ।

सहकारीका सेयर सदस्य वामदेव अधिकारी नेपाल सरकारको सचिव पदमा पदोन्नति भएकोमा गृहमन्त्री खाणद्वारा दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

कार्यक्रममा सम्मानित भएका विद्यार्थीलाई हौसला दिदैँ गृहमन्त्री खाणले सहकारीबाट प्राप्त नगद पुरस्कारलाई कुनै राम्रो कम्पनीको सेयर किन्न सुझाव दिएका छन् ।

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य रामहरि खतिवडा, संस्थाका सल्लाहकार पुरुषोत्तम दाहाल, डा.रुद्र मरासिनी लगायतको उपस्थिति रहेको थियो ।

Published : Sunday, 2022 January 9, 7:58 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया