न्युयोर्कमा गायक राजेशपायल राईले दनक भेटे, स्टेजबाटै टापकसे

न्युयोर्क । अमेरिकाको न्युयोर्कमा गायक राजेशपायल राईले समर्थकबाट कुटाइखाएका छन् ।

न्यूयोर्कमा आयोजित ‘न्यू ईयर ईभ सन् २०२२’ को सांगीतिक कार्यक्रमको स्टेजमा गीत गाइरहेका बेला गायक राईले दनक भेटेका हुन् ।

स्टेजमै चढेर एकजना दर्शकले राईले घाँटीमा दुइटा हातले छोपेर तानेर पिटेको भिडियोमा देखिएको छ । स्टेजमै चढेर गायक राईलाई कुट्ने व्यक्तिको परिचय खुलाइएको छैन ।

गायक राईका सकर्थकले ‘ओए’ को–हो–यो मान्छे ? त्यसलाई मार…मार त्यसलाई मार’ भनेको भिडियोमा प्रष्टै सुनिएको छ ।

गायक राईले स्टेजमा ‘अञ्जानीमा भूल भयो की ?’ बोलको गीत गाइरहेका बेला कुटाइखाएका हुन् ।

गायक राईले कुटाइखाएपछि सांगीतिक कार्यक्रम स्थगित गरिएको जनाइएको छ । गायक राईले कुटाइखाएको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

गायक तथा संगीतकार शिवसंगम राईले गायक राईलाई स्टेजमा भएको कुटपिटको घटनाप्रति आपत्ति जनाएका छन् । उनले दोषीलाई कारबाहीको माग गरेका छन् ।

आफूलाई भाइरल बनाउन राँगाको सिङ्गै खुट्टा पकाएर खानेदेखि, बेलाबेला उट्पट्याङ गर्दै आएका अविवाहित गायक राईले न्युयोर्कमा दनक भेटेपछि उनका समर्थकहरू रिसाएर आगो बनेका छन् ।

एक हप्ता अगाडि गायक राई नेपालबाट अमेरिका आएका हुन् । गायक राईका हर्कतहरू अलिक धेरै भइरहेका बेला कुटाइ भेटेका छन् ।

Published : Saturday, 2022 January 1, 6:20 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया