सुमेरु सहकारीको हेडअफिस दुई दिन बन्द

पुल्चोक । सुमेरु सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेडको कार्यालय दुई दिनका लागि बन्द भएको छ ।

ललितपुर जिल्लाको पुल्चोकमा रहेको सुमेरुको कार्यालय बिहीबार र शुक्रबार दुई दिन बन्द रहने सूचनामा उल्लेख छ ।

‘यस संस्थामा आवद्ध सम्पूर्ण महानुभावहरूलाई सूचित गरिन्छ कि यही मिति २०७८ पुस १५ गते बिहीबारको दिन संस्थाको २१औँ वार्षिक साधारण सभा भव्य रुपमा मनाउन गैरहेको हुनाले पुस १५ गते बिहीबार र १६ गते शुक्रबारको दिन कार्यालय बन्द रहने व्यहोरा अनुरोध गर्दछौं’, सूचनामा उल्लेख छ ।

वित्तीय कारोबार गर्ने सहकारी बन्द गर्न पाइँदैन । सञ्चालक समितिको निर्णयबाट केही दिन कार्यालय बन्द गर्न सक्ने व्यवस्था रहेको सहकारी विभागका रजिष्टार झलकराम अधिकारीले बताए ।

रजिष्टार अधिकारीले भने, ‘केही सहकारीहरू १/२ दिन सहकारी बन्द गरेर साधारण सभा गर्ने गरेका छन् । बन्द नगर्दा पनि हुने हो ।’

सुमेरु दुई दिन बन्द भएको विषयमा प्रतिक्रिया लिन अध्यक्ष भरत महर्जन र सुमेरु सहकारीका प्रमुख हेमराज ढकाललाई सम्पर्क गर्दा सम्पर्क हुन सकेन ।

सुमेरु दुई दिनका लागि बन्द भएपछि ग्राहकहरूले सास्ती ब्यहोर्नु परेको छ । सहकारीमा काम परेर आएका सदस्यहरूले पुल्चोक कार्यालय दुई दिनका लागि बन्द भएको सूचना पाएपछि तनाबमा परेर फर्किएका छन् ।

Published : Friday, 2021 December 31, 2:05 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया