जोशी हाइड्रोपावरले धेरै गुमायो, सेयर बजार ६९ अंकले घट्यो

काठमाडौं । सेयर बजार ६९ अंकले घटेको छ । सोमबार सेयर बजार नेप्से परिसूचक ६९ दशमलव ७७ अंकले घटेर २५२१ दशमलव ६५ को विन्दुमा झरेको छ ।

अरु सबै उप–समूहहरू घटेका छन् । नेपाल स्टक एक्सचेन्जकाअनुसार सोमबार ८ वटा कम्पनीको सेयर मूल्य बढेको छ ।

१८२ वटा कम्पनीको सेय मूल्य घटेका छन् । २३८ कम्पनीको १ करोड २ लाख ९२ हजार २२६ कित्ता सेयर किनबेच भएको छ ।

५ अर्ब ६० करोड ७४ हजार ३९ हजार ६७० रुपियाँको सेयर कारोबार भएको छ ।

नबिल बैंकको सेयर कारोबार सबैभन्दा बढि भएको छ । बैंकको ३० करोड ६० लाख ९९ हजार रुपियाँको सेयर कारोबार भएको छ ।

शिवम् सिमेन्टको २६ करोड २७ लाख १२ हजारको सेयर कारोबार भएको छ ।

नेपाल लाइफ इन्स्युरेन्स कम्पनीको २४ करोड ९७ लाख ९७ हजारको सेयर कारोबार भएको छ ।

हिमालय डिष्टिलरीको २१ करोड ४१ लाख १९ हजार र महालक्ष्मी विकास बैंकको १८ करोड ३५ लाख ६५ हजार रुपियाँको सेयर कारोबार भएको छ ।

सबैभन्दा बढी गोर्खाज फाइन्नास र मध्य भोटेकोशी जलविद्युत कम्पनीका लगानीकर्ताले १० प्रतिशतले कमाएका छन् ।

जोशी हाइड्रोपावर कम्पनीका लगानीकर्ताले सबैभन्दा बढी ८.५४ प्रतिशतले गुमाएका छन् ।

Published : Tuesday, 2021 December 28, 12:03 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया