प्रतिभा सहकारीको लगानी अपारदर्शी, सीआईबीलाई हातहाल्न दवाव

ललितपुर । प्रतिभा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, थसीखेल, ललितपुरको लगानीलाई लिएर विभिन्न आशंक उब्जिएको छ ।

सहकारीको वित्तीय कारोबार शंकास्पद रहेको भन्दै छानविनको माग उठेको हो । सहकारीका केही सदस्यहरूले लगानीका विषयमा सहकारी विभाग र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले अनुसन्धान गर्नुपर्ने माग गरेका छन् ।

सहकारीले ‘बहुआयामिक परियोजनामा लगानी’ भन्ने शीर्षकमा १५ करोड ५७ हजार ५ सय ९४ रुपियाँ लगानी गरेको छ । बहुआयामिक भनेको के हो खुलाइएको छैन ।

स्रोतका अनुसार बहुआयामिक परियोजनाका नाममा सहकारीका कार्यकारी अध्यक्ष माधवप्रसाद तिमल्सिनाले झण्डै १४ करोड जग्गामा लगानी गरेको आशंक सदस्यहरूको छ ।

सेयर सदस्यहरूको आशंका अनुसार सहकारीको पैसा विभिन्न बहानामा घुमाउरो तरिकाले जग्गामा लगानी गरेको हो भने त्यो अपराध ठहरिनेछ । सो रकमका विषयमा अनुसन्धान गर्नुपर्ने माग छ ।

तिमल्सिनाले ‘सहकारी कृषि बजार’का नाममा १ करोड २६ लाख ६ हजार ८ सय लगानी गरेका छन् ।

सहकारीको स्थिर पुँजी ६ करोड ९७ लाख १७ हजार ८ सय छ । तर, बाह्य ऋण तथा सापटी २८ करोड १४ लाख २५ हजार ३ सय ५० रुपियाँ १४ पैसा लिएको वासलातमा उल्लेख छ ।

१८ करोड ४८ लाख ९ हजार ४ सय ५९ रुपियाँ ६० पैसा लगानी गरेको देखिएको छ ।

कार्यकारी अध्यक्ष तिमल्सिनाले आर्थिक वर्ष ०७७/७८ मा मात्रै सहकारी मुनामा गएको देखाएका छन् । विगतका वर्षहरूमा यो सहकारी घाटामै चलेको छ । सहकारीका सदस्यहरूलाई मुनाफ वितरण नै गरिएको छैन ।

उर्जामन्त्री पम्फा भुसाल सहकारीमा सल्लाहकार छिन् । मन्त्री नै सल्लाहकार रहेको सहकारीमा लगानी अपारदर्शी रहेको भनेर सेयर सदस्यले आशंका उब्जाएपछि ठूलो छानविन हुनुपर्ने माग छ ।

इच्छाराज तामाङले सहकारी डुबाएर सेयर सदस्यहरूको लगानी झ्वाम पारिदिएपछि सहकारीहरूमाथि ठूला आशंकाहरू उब्जिएका छन् ।

प्रतिभा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको लगानीमा पनि आशंका उब्जिएपछि छानविन गरेर सेयर सदस्यहरूलाई ढुक्क बनाइदिनुपर्छ ।

सहकारीविरुद्ध लागेका आरोपका विषयमा प्रतिक्रिया लिन कार्यकारी अध्यक्ष तिमल्सिनासँग दुई पटकसम्म सम्पर्क गरेका थियौँ । तिमल्सिनाले व्यताता देखाएर कुरा गर्न मानेनन् ।

Published : Sunday, 2021 December 26, 7:47 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया