एमालेहरूको सहकारी बैंकको अर्बौं पैसा झ्वाम पार्ने को ? करोडौं रकम फिर्ता गर्न सकेन

काठमाडौं । राष्ट्रिय सहकारी बैंक लिमिटेड कुपण्डोल, ललितपुरले पैसा फिर्ता गर्न नसकेपछि सहकारीहरू चिन्तामा डुबेका छन् ।

कम्युनिस्ट समर्थक सहकारीहरूको संस्थाका रुपमा परिचित यो सहकारी बैंकमा रकम जम्मा गरेका सहकारीहरूको पैसा फिर्ता माग भएको छ । तर, सहकारी बैंकले रकम फिर्ता गर्न नसकेको पीडितहरूले बताएका छन् ।

बैंकमा ७० अर्ब निक्षेप छ । ४० अर्बभन्दा माथि लगानी गरेका पाइएको छ । राष्ट्रिय सहकारी बैंकमा कम्युनिस्टमा पनि एमाले समर्थकहरूको बर्चश्व छ । एमालेहरूले जहाँ हातहाल्छन् त्यहाँ भाँडभैला मचाउँछन् भन्ने उखान नै छ ।

बैंकले तजविजका आधारमा विनाधितो १० अर्बभन्दा माथि लगानी गरेको एक कर्मचारीले बताएका छन् । यो सहकारी बैंकमा तरलताको अभाव रहेको छ ।

राष्ट्रिय सहकारी बैंक लिमिटेडमा सहकारीहरूले करोडौँ पैसा राखेका छन् । बैंक डुब्ने अवस्थामा पुगेको आशंका पछि सहकारीहरूले पैसा फिर्ता माग्दा अध्यक्ष उप्रेती र कार्यकारी अधिकृत गुरागाइँले पैसा दिन अस्वीकार गरेको आरोप छ ।

बैकको तरला १५ प्रतिशतभन्दा बढी हुनुपर्नेमा ५ प्रतिशत पनि छैन । गलत नीति र व्यवस्थापनका कारण सदस्य सहकारीहरू समस्यामा छन् ।

१८ वर्ष अगाडि स्थापना भएको राष्ट्रिय सहकारी बैंक लिमिटेडमा ७० अर्बको निक्षेप छ ।

सहकारी बैंकमाथि लागेको आरोपका विषयमा जानकारी लिन बिहीबार राति फोनमा सम्पर्क गर्दा अध्यक्ष केबी उप्रेतीको मोबाइल अफ थियो । कार्यकारी अधिकृत बद्री गुरागाइँको मोबाइल उठेन ।

Published : Thursday, 2021 December 9, 9:57 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया