भक्तपुरमा ३३ वर्षीय राजन श्रेष्ठको हत्या

भक्तपुर । भक्तपुर जिल्लामा ३३ वर्षीय युवक राजन श्रेष्ठको हत्या भएको छ ।

सूर्यविनायक नगरपालिका–१ सिरुटार बस्ने श्रेष्ठको अपरिचित व्यक्तिको कुटपिटबाट मंगलबार राति मृत्यु भएको प्रहरीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

सूर्यविनायक नगरपालिका–२ बालकोट बसीटोल हनुमन्ते खोला नजिक बालकोट बंगलामुखीदेखि हनुमन्ते खोला फलामे पुलतर्फ जाने बाटोमुनि गम्भीर घाइते अवस्थामा श्रेष्ठलाई फेला पारेर प्रहरीले अस्पताल लगेको थियो ।

महानगरीय प्रहरी प्रभाग बालकोट र महानगरीय प्रहरी वृत्त थिमीबाट खटिएको प्रहरीले घाइते श्रेष्ठलाई उपचारको लागि मध्यपुर अस्पताल थिमी लगेको र उनको उपचारका क्रममा मृत्यु भएको विज्ञप्तिमा उल्लेख छ ।

अनुसन्धान अधिकृतसहितको प्रहरी टोलीले कुटपिटमा संलग्न हाल फरार व्यक्तिहरूको सुक्ष्म रुपमा खोजतलास तथा थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

Published : Wednesday, 2021 December 8, 4:47 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया