कांग्रेसको महाधिवेशनको मुखमा कौडाका जुवाडेहरू काठमाडौंमा पक्राउ

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशन चलिरहेका बेला सुरक्षा जाँच कडा भएका बेला प्रहरीले काठमाडौंमा १६ जना जुवाडेलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा महिला पनि छिन् । काठमाडौं महानगरपालिका–१५ बिजेश्वरीस्थित रिट्रिट अपार्टमेन्टको तेस्रो तलामा कौडा खेलिरहेको अवस्थामा प्रहरीले १६ जनालाई पक्राउ गरेको जनाएको छ ।

काठमाडौं कालिमाटी बस्ने भोजपुर अरुण गाउँपालिका–१ घर भएकी ३१ वर्षीया विनिता परियार लगायत १६ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ ।

उक्त अपार्टमेन्टमा कौडा खेलिरहेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको थियो ।

प्रहरीले नगद १६ लाख ९० हजार ५ सय रुपियाँ र १६ थान कौडा पनि बरामद गरेको छ ।

कांग्रेसका केही नेताहरू पनि सोही कौडा खेल्ने क्रममा पक्राउ परेको भनेर समाचारहरू पनि आएका थिए ।

Published : Wednesday, 2021 December 8, 4:13 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया