पुस ९ मा रिलिज हुने ‘चुरीफुरी’द्वारा जाँच पास

काठमाडौं । निर्देशक ऋषिराज आचार्यको चलचित्र ‘चुरीफुरी’ले जाँच पास गरेको छ ।

पुस ९ गते रिलिज हुन लागेको ‘चुरीफुरी’ले युनिभर्सल सर्टिफिकेट पाएको निर्देशक आचार्यले बताएका छन् । चलचित्रमा सामाजिक र हास्यकथावस्तु रहेको छ ।

गीत ऋषिराज आचार्य र दीपक शर्माले लेखेका हुन् । समीर आचार्य, विश्व नेपाल र वेनिशा पौडेलले गीतमा स्वर दिएका छन् । गीतमा संगीत दीपक शर्माले दिएका छन् ।

चलचित्रमा अभिषेक श्रेष्ठ, पूजा पन्त, राजीवजंग बस्नेत, रविन्द्र झा, शिशिर भण्डारी, सुबोध गौतम, पवन खतिवडा, दीपक आचार्य, सुरवीर पण्डित, सुनिता श्रेष्ठ, सोना बज्राचार्य, राजेन्द्र खाती, लक्ष्मी ढकाल लगायतको अभियन रहेको छ ।

Published : Tuesday, 2021 December 7, 11:05 am

फेसबुकबाट तपाईको प्रतिक्रिया