काठमाडौंमा टोले गुण्डाको नयाँ ‘ग्याङ’

काठमाडौं । काठमाडौंमा दुई जना नयाँ टोले गुण्डाहरूको जन्म भएको छ । ती गुण्डाहरूलाई महानगरीय अपराध महाशाखाले पक्राउ गरेको छ ।

काठमाडौंको पानीपोखरीमा रहेको युनिभर्सल ईन्टरनेशनल मेनपावर कम्पनीका सञ्चालकलाई धम्काएर ९० लाख २५ हजार रकम असुल गरेको अभियोगमा महाशाखाको टोलीले काठमाडौंको आइतबार मित्रपार्कबाट पक्राउ गरेको जनाएको छ ।

काठमाडौं महानगरपालिका– ७ गुगाँहिटी स्थाय घर भई हाल सुकेधारा बस्दै आएका ४० वर्षीय मिलन जोशी र दोलखा जिल्लाको भीमेश्वर नगरपालिका– ५ माटी घर भई हाल काठमाडौं महानगरपालिका– ४ बालुवाटार बस्दै आएका ३५ वर्षीय रविन्द्र बस्नेतलाई पक्राउ गरिएको विज्ञप्तिमा उल्लेख छ ।

मिलन र रविन्द्रको समूहलेविदेश पठाएका व्यक्तिसँग जनही २५ हजारका दरले रकम असुल्ने कार्य गर्दै आएको उजुरी परेको प्रहरीले जनाएको छ ।

काठमाडौं उपत्यकामा टोले गुण्डाहरूको आतंक नदेखिएका बेला मिलन–रविन्द्रको समूहलाई प्रहरीले पक्राउ गरेको छ ।

Published : Monday, 2021 December 6, 5:44 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया