सुरक्षागार्डको हत्या गरेर सहकारीको रकम लुटपाट, सीआईबीद्वारा पक्राउ

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले हिमचुली बहुउद्देश्यीय सहकारी संस्थाका सुरक्षा गार्डको हत्या गरेर रकम लुट्ने समूहका दुई जनालाई पक्राउ गरेको छ ।

२० वर्षीय सुमन कार्की र २७ वर्षीय विक्रम कार्कीले सहकारीका सुरक्षा गाडी ६७ वर्षीय पूर्णबहादुर खड््काको हत्या गरेर रकम लुटेका थिए ।

हत्यापछि रकम लुटेर भागेका विक्रम र सुमनलाई काठमाडौंको चुच्चेपाटी र तीनकुनेबाट पक्राउ गरेको सीआईका प्रमुख डीआईजी धिरजप्रताप सिंहले जानकारी दिए ।

सीआईबीको टोलीले सुमन र विक्रमलाई पक्राउ गरेको हो । पक्राउ परेका दुबै जना गौरीशंकर गाउँपालिका– १ जुगुका हुन् ।

दोलखा जिल्लाको गौरीशंकर गाउँपालिका– १, जुगुमा रहेको सहकारीका मंसिर १० गते खड्काको हत्या गरेर उनीहरूले एक लाख पचासी हजार सात सय असी रुपियाँ लुटेर भागेको थिए ।

सुरक्षागार्ड खड्काको शव मंसिर १२ गते जुगुको जंगलमा भेटिएको थियो ।

सुरक्षागार्ड पूर्णबहादुर खड्काको शवलाई डोरीले खुट्टा र हात पछाडि बाँधिएको तथा खादाले मुख बाँधिएको, निधारमा घाउचोट भई मृत अवस्थामा फेला परेको विज्ञप्तिमा उल्लेख छ ।

उनीहरूको साथबाट घटनास्थलबाट लुटिएको मृतकको मोबाइल, सहकारीबाट लुटिइएको रकममध्य एक लाख आठत्तीस हजार दुई सय पैतीस रुपियाँ बरामद भएको छ ।

Published : Thursday, 2021 December 2, 3:32 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया