मिर्चैयाका मेयरलाई पक्राउ गर्न आदेश, पत्र आएपछि भागाभाग

मिर्चैया । सिरहा जिल्लास्थित मिर्चैया नगरपालिकाका नगर प्रमुख श्रवणकुमार यादवलाई पक्राउ गर्न सरकारी वकिलको कार्यालयले प्रहरीलाई पत्र पठाएको छ ।

राहत वितरणका क्रममा भएको विवादको मुद्धामा नगर प्रमुख यादवलाई पक्राउ गर्न प्रहरीलाई सरकारी वकिलको कार्यालयले पत्र पठाएर आदेश दिएको छ । पक्राउ गर्न सरकारी वकिलको कार्यालयले प्रहरीमा पत्र पठाएपछि नगर प्रमुख यादवलाई तनाब भएको छ । उनी भागेर हिँड्न थालेका छन् ।

राजगिर यादवले नगर प्रमुख यादव, शिवंकर कपारीलगायतविरुद्ध ज्यान मार्ने उद्योग मुद्धा दायर गरेका थिए । कपारीलाई त्यस बेला प्रहरीले पक्राउ गरेको थियो । कपारीलाई राजनीतिक दवावमा प्रहरीले छाडेको थियो ।

कोरोना महामारीका बेला विजयकुमार यादवको भाँच्चिने गरेर कुटपिट गर्न नगर प्रमुख यादवले निर्देशन दिएका थिए । ज्यानमार्ने उद्योग मुद्धामा सिरहा जिल्ला अदालतले नगर प्रमुख यादवलाई २ हजार रुपियाँ जरिवाना गरिसकेको छ ।

Published : Tuesday, 2021 November 30, 4:48 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया